चैतेदशैमा नेपालगञ्जको बागेश्वरी मन्दीरमा जिब्रो छेड्नेको लहर (फोटो कथासहित )

रुद्र सुवेदी १६ चैत्र २०७९, बिहीबार १७:५०
 

नेपालगञ्ज :  रामनवमीको दिनमा नेपालगञ्जको बागेश्वरी मन्दिरमा हिन्दू धर्मावलम्बीले यक्ष र मोक्ष पाउने आशामा जिब्रो छेडेर देबीको दर्शन गर्ने परम्परा चलिआएको छ ।

चैते दशै सुरु हुने परेवाको दिनदेखि नै निराहर ब्रत बसेको पुरुषले आफ्नो भाकल पुरा गराउन वा भाकेको कुरा पुरा भएपछि वाक्यकी देवी बागेश्वरीलाई जिब्रो छेडेर दर्शन गर्नेे चलन परापूर्वकालदेखि नै चलि आएको हिन्दू धर्मगुरु तथा बागेश्वरी मन्दीरका मुलपुरोहित चन्द्रनाथ योगीले जानकारी दिए ।

उनले पहिलाको तुलनामा अहिले जिब्रो छेड्न आउनेको संख्या घट्दै गएको र मानिसहरु आफ्नो जिब्रो काटेर चढाउने, जिब्रो र छातिमा त्रिशुल रोपेर दिनभरी मन्दिरको परिक्रमा गर्ने भक्तजनहरु पनि रहेका तर, अहिले यो अलि घटेर गएको बताए ।

नवरात्रको ब्रत बसेका ब्रतालुहरु नवमीको दिन मन्दिरमा आफ्नै जिब्रो तिखो धातुले (त्रिशुल) छेडेने परम्परा रहेको र हरेक वर्ष करिव १ सय ५० बढि धर्मावलम्बीहरुले जिब्रो छेड्ने गरेकोे बागेश्वरी मन्दीरका मुल पुरोहित योगीले बताए ।


बर्दिया बेलवा शान्तिपुरका ७१ वर्षिय तेजराम महावतले सानो उमेरदेखि नै चैते दशैको रामनवमीमा जिब्रो छेडेर दर्शन गर्दै आएको बताए । उनले भने–‘सानैदेखि जिब्रो छेड्न सुरु गरेको हँु । अहिले त ७१ वर्षको भए । शरिरले नसके पनि लट्टिको भरमा देबीको दर्शन गर्न अएको हुँ ।’

उनले रामनवमी र बडा दशैको नवमीमा गरी वर्षमा दुईपटक र आफ्नो ७१ वर्षे उमेरसम्म गरी करिव २ सय पटक जिब्रो छेडेर दर्शन गरेको बताउछन । यसो गर्दा आफुलाई आनन्दको महशुस हुने उनको भनाई छ ।

बाँके डुडुवा–६ हिमिनियाका ६० वर्षिय बर्मन लोनियाले ५० भन्दा बढी, हिरमिनियाँकै २० वर्षिय सियाराम लोनियाले ७ पटक, भारत बाबागन्जका २७ वर्षिय ओमप्रकाश यादवले २० पटक जिब्रो छेडेर बागश्वरी मन्दीरको परिक्रमा गर्दै दर्शन गरेको बताए ।

नेपालगञ्जको बागेश्वरी मन्दीरमा बडा दशै र चैतेदशैमा जिब्रो छेडेर बागेश्वरी माताको दर्शन गर्ने चलन छ । निराहार ब्रत बसेर नवमिको दिन बागेश्वरी मन्दिरमा जिब्रो छेड्नाले घरमा दुःख विमार नलाग्ने, सम्पत्तिको रक्षाहुने, यश र मोक्ष पाईने धार्मिक विश्वास रहेका कारणले गर्दा जिब्रो छेड्ने चलन परा पूर्वकालदेखि नै चल्दै आएको मान्यता छ ।  

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

कोहलपुर–१५ चन्नहवा पेडारी नालामाथि पक्की पुल निर्माण हुने सुनिश्चित

१६ चैत्र २०७९, बिहीबार १७:५०
कोहलपुर (बाँके)  : बाँकेको कोहलपुर–१५ चन्नहवा स्थित पेडारी नालामाथि पक्की पुल निर्माण हुने सुनिश्चित भएको छ । बिहीबार एक प्रतिनिधि मण्डलले निर्माण गर्न लागिएको पक्की पुल निर्माण स्थलको अनुगमण गरि सो कुरको सुनिश्चितता गराएको हो । सो आयोजनाको डिटेल फिजिविलिटि रिर्पोट डिपिआर भई सकेको उक्त स्थानमा पुल बन्नेबारे स्थानीयले आशंका […]