क्वारेन्टाइनबाट बिदाई गरेका मध्येबाट पाँचनामा कोरोना पुष्टि भएपछि…

१६ जेष्ठ २०७७, शुक्रबार ०८:१४
 

सदरलाइनडटकम,
राप्तीसोनारी (बाँके) : बाँकेको राप्तीसोनारी गाउपालिकाको वडानं ८ को क्वारेन्टाईनमा बसेकाहरुको कोरोना परीक्षणको नतिजा नआउदै उनीहरुलाई भब्य कार्यक्रमको आयोजना गरी घर पठाईएको पाईएको छ ।

सो वडाका जनप्रतिनिधि र स्वास्थ्यकर्मिको चरम लापरवाहीका कारण कोरोना परिक्षणको रिर्पोट नआउँदै उनीहरुलाई बिदाई गरिएको थियो । जब रिर्पोट आयो अनि भयो खोजाखेज ।

राप्ती सोनारी–८ शिवशक्ति माविको क्वारेन्टाइनमा राखिएको २८ जनाको स्वाब संकलन गरिए पनि नतिजा बाहिर नआउदै फुलमाला लगाएर बिदाई गरिएको थियो ।

बाजागाजासहित घर पठाइएको केही समयपछि नतिजा आउदा उनीहरु मध्ये ५ जनामा कोरोना पुष्टि भएपछि घर घरबाट खोजेर आईसोलेशनमा ल्याउनु परेको स्थानीय प्रहरीले जनाएको छ ।


सो वडाका एक जनप्रतिनिधि सहित ५ जनामा कोरोना पुष्टि भए पछि उनीहरु नतिजा नआउदै घर गएका थिए । उनीहरु घर जाँदा को–कोसंग सम्पर्कमा आए, केके गरे सबैबारेमा सोधखोज सुरु भएको छ ।

सो गाउपालिकाको स्वास्थ्य शाखाले पनि उनीहरुलाई नतिजा अउन अघि नै क्वारेन्टाइनबाट घरपठाइएको र नतिजा पोजेटिभ आएपछि पुन सोही क्वारेन्टाईनमा निर्माण गरिएको आईशोलेशनमा ल्याईएको जनाएको छ ।

स्थानीय प्रहरी चौकीका ईन्चार्ज तथा प्रहरी सहायक निरिक्षक कुमार केसीले नतिजा आएपछि सबैलाई पुनः घरघरबाट खोजेर क्वारेन्टाईनमा राखिएको जानकारी दिए । अहिले सो क्षेत्रमा त्रास फैलिएको छ । उनीहरु सबै भारतबाट आएका हुन । फाइल फोटो 

Next Post

गुणस्तरीय क्वारेन्टाईनको बहसमा नरैनापुरमा रुखमुनी क्वारेन्टाईन

१६ जेष्ठ २०७७, शुक्रबार ०८:१४
सदरलाइनडटकम, नरैनापुर (बाँके) : कोरोनाको कहरबाट जोगिन मात्रृभुमि फर्किएकाहरु यतिबेला स्थानीय पालिकाले निर्माण गरेको क्वारेन्टाईनमा छन् । अहिले क्वारेन्टाइनको गुणस्तरका बारेमा चर्को बहस भई रहेको छ । यस्तै बहसकै बीचमा बाँकेको नरैनापुर गाउपालिकाको एक मदरसामा बनाईएको एक क्वारेन्टाईनको दृश्य हो यो । उनीहरु भरतबाट नेपाल आएका हुन । बस्न स्थान […]