स्थानीयको बिरोधका बीचमा ४१ संक्रमित पिपरीमा स्थानन्त्रण

८ जेष्ठ २०७७, बिहीबार ०१:३१
 

सदरलाइनडटकम,
नेपालगञ्ज : बाँकेको नरैनपुरका कोबिड–१९ संक्रमित मध्यका ४१ जनालाई कृषि विकास तालिम केन्द्र पिपरी कोहलपुरमा स्थान्त्रण गरिएको छ ।

दुई दिन अघि कोरोना संक्रमणको पुष्टि भएका उनीहरुलाई एकरात एक दिन नेपालगन्जको लायन्स डेन्टल अस्पतालको आईसोलेशनमा राखिएको थियो ।

२५ बेड क्षमताको सो आईसोलेशनमा नरैनापुरबाट मङ्गलबार राती ल्याइ नेपालगन्जको लायन्स डेण्टल अस्पतालमा राखिएका कोरोना संक्रमितहरुलाई बुधबार राती साढे १० बजे मात्रै पिपरीमा सारिएको हो ।

बाँकेमा रहेका ९९ जना संक्रमित मध्ये एकको मृत्यु भएको छ ।


सुशील कोईराला प्रखर क्यान्सर अस्पताल खजुरामा २८ जना, लायन्स डेन्टल अस्पताल आईसोलेशन सेन्टर २२ जना, कृषि विकास बैंक तालिम केन्द्र पिपरी कोहलपुर आईसोलेसन सेन्टर ४१ जना र बेलझुण्डी कोरोना अस्पतालमा ८ गरी ९९ विरामी रहेका छन् ।

यी मध्ये १ जना खजुरा अस्पतालमा बर्दियाको विरामी रहेको स्वास्थ्य कार्यालय बाँकेका फोकलपर्शन नरेश श्रेष्ठले जानकारी दिए ।

उनीहरुलाई स्थानन्त्रणको लागि नरैनपुरमा र कोहलपुरमा स्थानीयले बिरोध जनाएको कारण केही समय ढिलाई भए पनि अन्तमा संक्रमितलाई आईसोलेशन सेन्टरमा व्यवस्थापन गरिएको उनले बताए ।

Next Post

रमजानको सबै प्रकृया घरमै पुरा गर्न मुस्लिम संगठनको अपिल

८ जेष्ठ २०७७, बिहीबार ०१:३१
सदरलाइनडटकम, नेपालगञ्ज : कोबिड–१९ को महामारीबाट जोगिनको लाागि मुस्लिम अगुवा तथा मुस्लिम संगठन नेपालले ईस्लाम धर्मावलम्बीहरुको महान पर्व रमजानका सबै प्रकृयालाई घरमै पुरा गर्न आग्रह गरेको छ । संगठनले कोरोनाले निम्त्याएको विषम परिस्थितीका बीच आएको आफुहरुको पवित्र चाड रमजान सादगीका साथ मनाउन समुदायमा अपिल गर्दै अलबिदाको नमाज र इदुल फित्रको […]

सम्बन्धित