नासु दामोदर शर्माको विदाई

सदरलाइन संवाददाता ५ फाल्गुन २०७९, शुक्रबार १२:०८
 

नेपालगञ्ज : कोहलपुर नगरपालिकाका नायब सुब्बा (नासु) दामोदर शर्मालाई बिदाई गरिएको छ । कोहलपुर नगरपालिकाले आज एक कार्यक्रमका बीच सेवा निवृत्त हुनु लाग्नु भएका नासु शर्मालाई बिदाई गरेको हो ।

उनी आइतवार सेवा निवृत्त हुने भएपनि भोलि शनिबार र आइतवार प्रजातन्त्र दिवस सार्वजनिक विदा परेकाले उनको शुक्रवारनै बिदाई गरिएको नगरपालिकाले जनाएको छ ।

नगर प्रमुख पूर्ण प्रसाद आचार्य, नगर उपप्रमुख संगिता सुवेदी र प्रशासकीय अधिकृत टिकाराम ढकालले शर्मालाई मायाको चिनो प्रदान गर्दै शर्माको बिदाई गरेका हुन् । त्यसक्रममा नगर प्रमुख आचार्यले सेवा निवृत्त भएका शर्माको बाँकी जीवन सहज, सरल र उर्जाशिल बनोस् भन्ने कामना गरेका थिए । लामो समय राष्ट्रसेवक कर्मचारीका रुपमा शर्माले नागरिकलाई सेवा प्रदान गरेको स्मरण गर्दै बाँकी जीवन फलदायी बनोस् भन्ने शुभकामना दिए ।

शर्मा कोहलपुर निवासी नै भएकाले कोहलपुरलाई समृद्ध बनाउने सवालमा उनको थप सुझाव नगरपालिकाका लागि महत्वपूर्ण र आवश्यक हुने नगर प्रमुख आचार्यको भनाइ छ ।


यस्तै नगर उपप्रमुख सुवेदीले शर्माले नगरपालिकामा हुँदा इमानदार र लगनशील भयर सेवा दिएको भन्दै सेवा निवृत्त भएसँगै अबका बाँकी दिनहरु सुखमय बनोस् भन्ने कामना गरिन् ।

यस्तै प्रमुख प्रशासकीय अधिकृत ढकालले शर्माले लामो समयसम्म राष्ट्रसेवकको रुपमा जनताको सेवामा आफ्नो समय खर्चिएको भन्दै नगरपालिकामा हुँदा उनको इमानदारिता तथा उर्जालाई सबैले मनन गर्नुपर्ने बताए ।

बिदाई कार्यक्रममा शर्माले आफुले आफ्नो जागिरको दौडान इमानदार र लगनशील बनेर जनताको सेवा प्रबाह गरेको बताए । शर्माले वि.स.२०४० साल मंसिर ५ गते मुखिया पदबाट सरकारी जागिरे सेवा शुरु गरेका थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

हात्तीपाइलेको औषधि खुवाउन समस्या

५ फाल्गुन २०७९, शुक्रबार १२:०८
नेपालगञ्ज : बाँकेको नेपालगञ्ज उपमहानगरपालिकामा सर्वसाधारणले हात्तीपाइलेको औषधि सेवन नगरिदिँदा हात्तीपाइले रोग नियन्त्रण अभियान सफल हुन सकेको छैन । विक्रम संवत् २०६७ देखि बाँकेमा हरेक वर्ष हात्तीपाइले रोगविरुद्ध औषधि खुवाउने अभियान सञ्चालन गरिँदै आएको छ । नेपालगञ्जकै सर्वसाधारण नागरिकले औषधि सेवन नगर्दा अभियान सफल हुन नसकेको हो । पहिलो पटक अभियान सुरु हुँदा […]