जेलमुक्त भएको एक सातामै पुनः बलात्कार आरोपमा पक्राउ

सदरलाइन संवाददाता १४ जेष्ठ २०८०, आईतवार १५:५३
 

बर्दिया : मधुवन नगरपालिकास्थित ७० वर्षीया महिलामाथि बलात्कार गरेको आरोपमा ६० वर्षीय पुरुष पक्राउ परेका छन् ।

शुक्रबार बेलुका सोही पालिका बस्ने मंगाराम थारु ती वृद्धामाथि जबर्जस्ती करणी गरेको प्रहरीको अनुसन्धानमा खुलेको जिल्ला प्रहरी कार्यालय, बर्दियाका प्रहरी उपरीक्षक सुदिप राज शाहीले बताए ।


बलात्कारका आरोपित थारुलाई शनिबार पक्राउ गरी आइतबार जिल्ला अदालतबाट म्याद थप गरी कारबाही प्रक्रिया अघि बढाइएको छ । पीडितकै घरमा उनले बलात्कार गरेको आरोप लागेको छ ।

यसअघि बलात्कारको अभियोगमै तीन वर्ष सजाय भोगेका थारु सात दिनअघि बर्दिया कारागारबाट सजाय भुक्तान गरी छुटेको प्रहरी उपरीक्षक शाहीले जनाए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

सुदूरपश्चिमका एक सय २५ एम्बुलेन्समा जिपिएस जडान

१४ जेष्ठ २०८०, आईतवार १५:५३
कैलाली : सरकारले देशैभरका एम्बुलेन्सलाई जिपिएस प्रणालीमा दर्ता गर्न सुरु गरेपछि सुदूरपश्चिममा अहिलेसम्म एक सय २५ एम्बुलेन्स जिपिएस प्रणालीमा दर्ता भएका छन् । सुदूरपश्चिममा सञ्चालनमा रहेका सबै एम्बुलेन्सलाई जिपिएस प्रणालीमा दर्ता गर्न निर्देशन दिइएको छ । सुदूरपश्चिम प्रदेश सरकारले सबै स्थानीय तहलाई परिपत्र गरेर स्थानीयस्तरमा रहेका एम्बुलेन्स जिपिएस प्रणालीमा दर्ता […]