नेपालगञ्ज : बाँकेका ७ जनासहित १६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । पछिल्लो २४ घण्टामा भेरी अस्पताल नेपालगञ्जमा गरिएको परीक्षणमा नेपालगञ्जका ६, कोहलपुरका १, बर्दियाका ६, सुर्खेतका २ र कालिकोटका १ जनामा संक्रमण पुष्टि भएको हो ।
सुर्खेतबाट उपचारकालागि कोहलपुर मेडिकल कलेजमा भर्ना गरिएकी महिलामा संक्रमण देखिएको हो । भेरी अस्पतालले शनिवार दिउँसो जारी गरेको विवरणअनुसार १ सय ९२ जनाको कोरोना परीक्षण गरिएकोमा १६ जनामा संक्रमण पुष्टि भएको हो ।