सुर्खेतमा बस दुर्घटना, अठार घाइते

२४ पुष २०७६, बिहीबार १६:३९
 

सदरलाइनडटकम,
सुर्खेत : सुर्खेतको छिन्चु–जाजरकोट सडक खण्डमा यात्रुबाहक बस दुर्घटना हुँदा १८ जना यात्रु घाइते भएका छन् । सुर्खेतबाट जाजरकोटको लागि छुटेको भे १ ख २५७३ नम्बरको काक्रेबिहार यातायात प्रालिको फोर्स गाडी छिन्चु जाजरकोट सडक खण्डको सल्यानको बनगाड कुपिण्डे नगरपालिका ११ को बालुवा संग्रही नजिक सडकभन्दा १ सय ५० मिटर तल चिप्लिएको हो ।
दुर्घटनामा १८ जना घाइते भएका छन् । जसमध्ये ५ जनाको अवस्था गम्भीर छ । गम्भीर घाइते हुनेमा सुर्खेत भेरगंगा ननगरपालिका छिन्चुका वर्ष ३५ का चालक प्रकाश शर्मा, सोही नगरपालिका ९ जहरेका ४९ वर्षीय शान्त कुमार तिरुवा, सशस्त्र प्रहरी बल सल्यानमा कार्यरत सुर्खेत वीरेन्द्रनगर नगरपालिका १२ का ३० वर्षीय होम पङ्गाली, सल्यान बनगाड कुपिण्डे नगरपालिका १ का १३ वर्षीय अनिश विश्वकर्मा, छेडागाड नगरपालिका ९ जाजरकोटका २१ वर्षीय भगवती उपाध्याय गम्भीर घाइते भएका छन् ।
घाइतेलाई उपचारका लागि नेपालगञ्ज पठाइएको इलाका प्रहरी कार्यालय सल्लीबजारले जानकारी दिएको छ । घाइते हुनेमा ६ महिला २ बच्चा १० जना पुरुष रहेका छन् । गाडीको स्पिड बढी भएको कारण ओरालोमा दुर्घटना भएको अनुमान गरिएको छ ।


Next Post

बाँकेको जानकी गाउपालिकाको सातौ गाउँसभा सम्पन्न

२४ पुष २०७६, बिहीबार १६:३९
सदरलाइनडटकम, जानकी (बाँके) :  बाँकेको जानकी गाउँपालिकाको सातौं (विशेष) गाउँसभा बिहीवार सम्पन्न भएको छ । सभाले उपाध्यक्ष भूमिसरा धितालले पेश गरेका विभिन्न ९ वटा संशोधन प्रस्तावहरु सर्वसहमतिमा पारित गरेको छ । सभामा उपाध्यक्ष धितालले गाउँपालिका वडा नं. १ साईगाउँमा सञ्चालन हुने स्मार्ट बाख्रापालन कार्यक्रमका लागि प्रदेश सरकारबाट आएको ५० लाखको […]