सिद्धार्थ कोरोना भाईरस कोबिड–१९ वीमा योजना सञ्चालनमा

६ जेष्ठ २०७७, मंगलवार ०९:४६
 

सदरलाइनडटकम,
नेपालगञ्ज  : घरमै बसौ कोरोना भाईरसको संक्रमणबाट सुरक्षित रहौ भन्ने मुल नाराका साथ सिद्धार्थ ईन्सुरेन्स लिमिटेडले सिद्धार्थ कोरोना भाईरस कोबिड–१९ वीमा योजना सञ्चालनमा ल्याएको छ ।

दुई प्याकेजमा ल्याएको वीमा योजनामा १ लाख विमाङ्क रकममा व्यक्तिगत वीमा गर्दा १ हजार र पारिवारिक ६ सय बुझाउनु पर्नेछ ।

यसैगरी विमाङ्क रकम ५० हजारमा व्यक्तिगत वीमा गर्दा ५ सय र पारिवारिक ३ सय बुझाउनु पर्नेछ ।

सिद्धार्थ ईन्सुरेन्स लिमिटेड क्षेत्रीय प्रबन्धक नबराज पराजुलीले सिद्धार्थ कोरोना भाईरस कोबिड–१९ वीमा योजना अन्तरगत देशभर ८ हजार भन्दा बढी र नेपालगञ्जबाट मात्रै ५ सय बढीले वीमा गराएको जानकारी दिए ।


उनले यो योजना अन्र्तरगत बीमित व्यक्तिको पिसिआर माध्यामबाट कोरोना जाँच गर्दा पोजेटिभ देखिएमा बीमा गरेको योजना अनुसारको रकम पाउने हुनाले पनि यस योजना प्रति आकर्षण बढेको बताए ।

देशभर रहेका वीमा कम्पनीले सोमबारसम्म १ लाख १० हजारले कोबिड–१९ जोखिम बीमा गराएको तथ्यङ्क सार्बजनिक भएको छ ।

उनले सिद्धार्थ कोरोना भाईरस कोबिड–१९ वीमा योजना अन्तरगत ब्यक्तिगत, सामुहिक तथा संस्थागत कार्यरत रहेका कर्मचारीको जोखिम बिमा भई रहेको र हुने क्रम बढ्दो रहेको बताए ।

Next Post

बग्दादमा अमेरिकी दूतावास नजिक क्षेप्यास्त्र प्रहार

६ जेष्ठ २०७७, मंगलवार ०९:४६
सदरलाइनडटकम, काठमाण्डौ : बग्दादको अमेरिकी राजदूतावास नजिक मंगलवार बिहान एउटा क्षेप्यास्त्र प्रहार भएको र ठूलो विस्फोट भएको स्थानीय संचार माध्यमहरुले जनाएका छन् । सेनाद्वारा जारी वक्तव्यमा उक्त क्षेप्यास्त्र बग्दादको पूर्वी जिल्लाबाट प्रहार गरिएको र उक्त क्षेप्यास्त्र निकै सुरक्षित ग्रिन जोनभित्रको खाली भवनमा खसेको उल्लेख गरिएको छ । बग्दादको ग्रिन जोन […]