चिनीको ट्रकमा कोरेक्स

४ जेष्ठ २०७७, आईतवार २३:४८
 

सदरलाइनडटकम,
नेपालगञ्ज : बाँके प्रहरीले भारतबाट चिनि बोकेर आएको ट्रकमा लुकाएर ल्याउदै गरेको अवस्थामा प्रतिबन्धित लागू औषध कोरेक्स सहित एक जनालाई नियन्त्रणमा लिएको छ ।

जिल्ला प्रहरी कार्यालत बाँके नेपालगंञ्जबाट खटिएको प्रहरी टोलीले भारतबाट आउदै गरेको जिल्ला वहराईच नानपारा बस्ने वर्ष १९ को मोनु खानले चलाएको युपी ७८ बिटी २२९५ नम्वरको ट्रकलाई रोकी चेकजाच गर्दा सिट पछाडीको सिट भित्र कार्टुनमा प्याक गरेको ९४ सिसी. (१०० एमएल.) को कोरेक्स बरामद गरेको हो ।

सो ९४ बोतल कोरेक्स सहित पक्राउ परेका चालक खानलाई नियन्त्रणमा लिई आवश्यक अनुसन्धान भईरहेको छ । सो ट्रकका ३१ टन चिनी समेत रहेको प्रहरीले जनाएको छ । केही समय अघि मात्रै ४१ सिसि कोरेक्स सहित भारतीय नागरिकलाई प्रहरीले नियन्त्रणमा लिएको थियो ।

Next Post

कोरोनाविरुद्धको संवदेनाशील लडाइँँ

४ जेष्ठ २०७७, आईतवार २३:४८
–भानु पराजुली  :– बन्दाबन्दीको झण्डै दुई महिना पुग्न लाग्दा फाट्फुट्ट उल्लंघनका घटनाबाहेक आमनागरिकले सरकारलाई साथ दिएका छन् । यतिबेला विश्वभर कोरोना संक्रमणले ४८ लाख नाघेको छ भने तीन लाख १५ हजार बढीले ज्यान गुमाइ सके । हिजो र अस्ति सिन्धुपाल्चोककी २७ वर्षीय सुत्केरी महिला र बाँकेका २५ वर्षीय युवा, जो […]