सम्बादको पहलमा सडक निर्माण पुनः शुरु

२० बैशाख २०७६, शुक्रबार १६:३६
 

सदरलाइनडटकम,
नेपालगञ्ज : नेपालगञ्जदेखि कट्कुईयासम्म निर्माणाधिन हुलाकी राजमार्गमा देखिएको अवरोध हटेपछि निर्माण कार्य पुनः तीब्र भएको छ । वर्षौदेखि सडक विवाद साम्य भएपनि निर्माण कार्यले अपेक्षाकृत गति लिन नसकिरहेको अवस्थामा सम्वाद समूह बाँकेको पहलमा निमार्ण कार्यले तीब्र भएको हो ।
नरैनापुर गाउँपालिका वडा नम्बर ५ मटेहियास्थित निर्माण कार्यमा देखिएको अवरोध, सडक नक्शांकन, मुआव्जा विवाद गत मंसीर २७ गते जिल्ला प्रशासन कार्यालयमा सर्वपक्षीय सहमती भएपनि दुई जना जग्गाधनीले असहमती जनाएपछि निर्माण कार्य केही समयका लागि रोकिएको थियो । सम्बाद समूहले जग्गाधनी बाबुलाल यादव र मासुम अलीलाई अवरोध नगर्न गरेको आग्रहपछि अहिले निर्माण कम्पनीले माटो पटान, ग्राभेल, रोलरलगायतका कार्य बढाएको हो ।
हुलाकी राजमार्ग योजनाले ४४ किलोमिटर सडक २ खण्डमा विभाजित गरेर २०७३ फागुनदेखि निर्माण थालेको हो । निर्माण कार्य २०७६ असार मसान्तसम्म पूरा गर्नुपर्ने समयसीमामा रहेको छ । हुलाकी राजमार्ग निर्माणको ठेक्का पप्पु लुम्बिनी जेबी कन्सट्रक्शनको नाममा रहेपनि पप्पुले यो ठेक्का ६० करोडमा गणपति ग्रुप कन्सट्रक्शनलाई दिएको छ ।
सम्बाद समूहले जग्गाधनी, निर्माण कम्पनीलगायत सरोकार पक्षसँग नियमित सम्वादमार्फत सहज बातावरण सिर्जना गरेपछि निर्माण कार्यले गति लिएको समूहका सहजकर्ता शुक्रऋषि चौलागाईले जानकारी दिए । मुआब्जा प्रक्रियामा भने अझै विवाद रहेकोले सम्वाद जारी राखिएको उनले बताए । हालसम्म १७ कीमी बाटो कालोपत्रे भईसकेको र समयावधिभित्रै निर्माण सम्पन्न हुने गरि कार्य अघि बढाइएको कन्सट्रक्शनका चेयरम्यान तुल्सीराम भण्डारीले जानकारी दिए ।

Next Post

घिसिङको राष्ट्रिय कीर्तिमान

२० बैशाख २०७६, शुक्रबार १६:३६
सदरलाइनडटकम, पोखरा : नेपाल इक्विस्ट्रियन संघको आयोजनामा पोखरामा सम्पन्न पाँचौ सस्करणको इक्विस्ट्रियनको हाइजम्प इभेन्टमा नेपाली सेनाका जगदिश घिसिङले नयाँ राष्ट्रिय कृतिमान स्थापित गरेका छन । पोखरा फेवाताल किनारमा रहेको बाराही घाट खेल मैदानमा आयोजित प्रतियोगितामा घिसिङको घोडा ‘सम्मोहन’ले लामो समय देखि स्थापित हाइजम्प तर्फ पुरानो रेकर्ड ५ फिट ५ इन्चलाई […]