सदरलाइनडटकम
२० बैशाख नेपालगन्ज : बाँकेको राप्तीपारीको विकट गाउपालिकामा बुधबार दिउसो भिषण आगलागी भएको छ । बाँके प्रहरीले दिएको जिानकारी अनुसार नरैनापुर गाउपालिका–५ हुलासपुरमा दिउसो करिव २ बजे भएको आगलागीबाट २५ घर, ५ गोठ र २ बाख्रा जलेर नष्ट भएको छ ।
जिल्ला प्रहरी कार्यालय बाँकेका प्रहरी उपरीक्षक टेकप्रसाद राईले दिउसो करिव १ बजेर ५० मिनेट जाँदा स्थानीय शालिकराम यादवको घरको चुलोबाट आगो सल्केको जानकारी दिए ।
आगलागिको खबर आउने वित्तिकै भारतीय बाटो हुँदै घटनास्थल पुगेको दमकल घटनास्थल नपुग्दै नेपाल प्रहरी, सशस्त्र प्रहरी र स्थानीय जनताको सहयोगले साँझ ५ बजे तिर नियन्त्रणमा आएको प्रहरी उपरीक्षक राईले बताए ।
प्रहरी उपरीक्षक राईले घटनास्थल सदरमुकाम नेपालगन्जबाट करिव ४० किलोमिटर दक्षिणपूर्व अति विकट क्षेत्रमा भएको कारण नेपालगन्जबाट सो ठाँउमा दमकल पुग्ने बाटो नभएकोले भारतीय बाटो हुँदै जानु परेको स्पष्ट पारे ।
Next Post
सरकारी कार्यालयको सेवा प्रभाबकारी बनाउन प्रतिबद्ध
२० बैशाख २०७४, बुधबार १७:२५
सम्बन्धित
-
७ चैत्र २०७७, शनिबार १९:३६
पुस्तक तथा स्टेशनरी व्यवसायी महासंघ जिल्ला अधिवेशन
-
१८ श्रावण २०८०, बिहीबार १६:०४
नेउबा संघ निर्वाचन : साझा प्रजातान्त्रिक समूहका उम्मेदवारहरुको घोषणा
-
१४ फाल्गुन २०७९, आईतवार १३:११
नेपालगञ्जको विपद व्यावसायिक निरन्तरता योजना तयार
-
१३ चैत्र २०७७, शुक्रबार १३:५५
कोरोनाको दोस्रो लहर शुरु भएपछि बाँकेको सीमा नाकामा कडाई l
-
७ भाद्र २०७६, शनिबार १७:४९
सरकार फरक दिशामा गईरहेको देउवाको टिप्पणी
-
४ कार्तिक २०७५, आईतवार १३:५१
आईतवार राति उल्का वर्षा हुने