कोरोनाबाट मृत्यु भएकी महिलाको सम्पर्कमा आएका ५५ जनाको पहिचान खुल्यो, स्वाब संकलन शुरु

४ जेष्ठ २०७७, आईतवार १३:५५
 

सदरलाइनडटकम,
काठमाण्डौ : काभ्रेको धुलिखेल अस्पतालमा सिन्धुपाल्चोककी एक महिलाको कोरोना संक्रमणका कारण मृत्युु भएपछि जिल्लावासी त्रसित भएका छन् । थप जोखिम बढ्न नदिन मृतक महिलाको घर र माइती दुवै क्षेत्रमा जिल्ला प्रशासन कार्यालयले सिल गरिसकेको छ ।
उनको सम्पर्कमा आएकाहरुको पहिचान गरि स्वाब नमुना संकलन गर्न शुरु गरिएको छ । मृतक महिलाको सम्पर्कमा आएका कीरब ५५ जनाको पहिचान खुलेकाले उनीहरुको स्वाव संकलन गर्न थालिएको हो ।
सम्पर्कमा आएको अन्यको पनि खोजी भइरहेको छ । पहिलो चरणमा महिलाको प्रत्यक्ष सम्पर्कमा आएकाहरुको परिक्षण गरिने छ भने भने त्यसपछि दोस्रो चरणका व्यक्तिहरुको परिक्षण गरिने स्वास्थ्य कार्यालय चौताराका प्रमुख दुर्गादत्त चापागाईंले बताए ।

स्थानीयमा त्रास
महिलाको मृत्यु भएपछि बाह्रबिसे बजारसहित स्थानियमा त्रास फैलिएको छ । पटक पटक फरकफरक गाडीमा बाह्रबिसे आएका कारण दोस्रो व्यक्तिबाट पनि संक्रमण फैलिएको हुनसक्ने डर स्थानीयमा छ ।
बाह्रबिसे बजारमा खाद्यान्न तथा तरकारी पसल बिहान ७ बजेदेखि १० बजेसम्म र हार्डवयेर पसल बेलुकी ४ देखि ६ बजेसम्म खुला रहने गरेकोले सो समयमा संक्रमण फैलिएको हुनसक्ने स्थानीयवासीमा त्रास छ ।


कस्तो छ घटना ?
बैशाख २३ गते काठमाडौं महाराजगन्ज स्थित टिचिङ अस्पतालमा छोराको जन्म दिएकी उनी २५ गते एम्बुलेन्स चढेर गृहनगर बाह्रबिसे आएकी थिइन् । उनी काठमाडौंदेखि भक्तपुर, काभ्रेपलान्चोक सहित सिन्धुपाल्चोक विभिन्न स्थानमा रहेका हेल्थ डेस्कहरुमा स्वास्थ्य परिक्षण गराउँदै बाह्रबिसे ९, राम्चेस्थित आफ्नो घरमा पुगेकी थिइन् ।
विभिन्न नाकाहरुमा जाँच गर्दै घर पुगेकी उनलाई एक्कासी श्वासप्रश्वासमा समस्या आएपछि जेठ १ गते प्राथमिक स्वास्थ केन्द्र बाह्रबिसेमा जाँच गराएकी थिइन् । सोही दिन धुलिखेल अस्पतालमा उनको मृत्यु भएको थियो ।
उनी काठमाण्डौबाट बाह्रबिसे रेडक्रसको एम्बुलेन्स मार्फत घर आएकी थिईन् भने एक पटक स्वास्थ्य जाँचकै लागि फरकफरक बोलेरो गाडीमा बाह्रबिसेको निजी मेडिकलमा उपचार गराएकी थिइन् । जेठ १ गते पनि बोलेरोमै बाह्रबिसे आएकी उनी अबेर मात्र रेडक्रसको एम्बुलेन्समा धुलिखेल गएकी थिइन् ।
धुलिखेल पुगेको करीब आधा घण्टामा उनको निधन भएको थियो । जेठ १ गते चौतारा टुंडिखेलमा जिल्लामा विपद् व्यवस्थापन समिति, रेडक्रस र नेपाली सेनाले सबै एम्बुलेन्समा जिपिएस सिस्टम जडान गर्ने र कोरोना लागेमा एम्बुलेन्समा उद्दार गर्नेदेखि उपचार शव व्यवस्थापन गर्ने अवस्थासम्म हुने गतिविधि र सुरक्षाका उपायबारे बुझन् जिल्लाका सबै एम्बुलेन्सलाई चौतारा बोलाईएको थियो ।
सोही कारण एम्बुलेन्स नपाएर महिलालाई बेलैमा अस्पताल लान नसकिएको मृतकका श्रीमानले बताएका छन् । बाह्रबिसेमा एक्सरे गर्दा नै महिलाको फोक्सो एकदमै खराब अवस्थामा रहेको देखिएको र तुरुन्तै काठमाडौं वा धुलिखेलको लागि रिफर गरिएको थियो ।
तर एम्बुलेन्स नभएको कारण बेलुकी ७ बजे मात्रै बाह्रबिसेबाट एम्बुलेन्स चढेर ९ बजे मात्रै धुलिखेल पुगेका थिए र त्यहीँ उनको मृत्युु भएको थियो ।

तीनवटा वडा सिल
कोरोनाको कारण महिलाको मृत्यु भएपछि बाह्रविसे नगरपालिका ९ र बलेफि गाँउपालिका ७ र ८ सिल गरिएको छ । सो वडाहरुमा कसैलाई पनि आउन जान दिईएको छैन । स्थानीयलाई पनि घरबाट बाहिर निस्कन दिईएको छैन ।
त्यस्तै प्राथमिक स्वास्थ्य केन्द्र बाह्रबिसे पनि सिल गरि आउन जान निषेध गएिको छ । अहिले सो क्षेत्रमा नेपाल प्रहरी, सशस्त्र प्रहरी तैनाथ गरिएको छ । आवश्यक परे परिचालन गर्न सक्नेगरि नेपाली सेनालाई समेत तयारी अवस्थामा राखिएको छ । (इमेजखबरबाट)

Next Post

इजरायलका लागि चिनियाँ राजदूत डु वे मृत फेला

४ जेष्ठ २०७७, आईतवार १३:५५
सदरलाइनडटकम, काठमाण्डौ : इजरायलका लागि चिनियाँ राजदूत डु वे मृत फेला परेका छन् । तेल अभिभ शहरको आफ्नै अपार्टमेन्टमा राजदूत डु वे आइतवार मृत फेला परेका बिबिसीले जनाएको छ । ५८ वर्षीय उनको मृत्युको कारण भने खुलेको छैन । प्रहरीले यसबारे अनुसन्धान भइरहेको जनाएको छ । डु वे गत फेब्रुअरीमा […]

सम्बन्धित