मोबाइलको पासवर्ड नदिँदा पतिलाई जिउँदै जलाइयो

५ माघ २०७५, शनिबार १४:४९
 

सदरलाइनडटकम,
काठमाण्डौ : आफ्नो मोबाइलको पासवर्ड निदिँदा इण्डोनेशियामा श्रीमतीले श्रीमानलाई जिउँदै जलाएकी छिन् । पश्चिम नुसा टेङ्गोरा प्रदेशको पूर्वी लम्बोर्क रिजेन्सीमा २६ वर्षीय डेडी पुरनामा घरको छत मर्मत गरिरहेका थिए । त्यही बेला उनकी श्रीमती इल्हाम चहयानीले उनको मोबाइलको पासवर्ड मागिन् । डेडीले पासवर्ड दिएनन् ।
त्यसपछि उनीहरु झगडा गर्न थाले । झगडाकै क्रममा डेडीले इल्हाममाथि कुटपिट गरे । स्थानीय सञ्चारमाध्यमले जनाए अनुसार झगडाका क्रममा इल्हामले डेडीमाथि पेट्रोल छर्किएर आगो लगाइन् । घटनाको दुई दिनपछि गत बिहीवार उनको निधन भयो । पूर्वी लम्बोर्क प्रहरीका अनुसार मोबाइलको पासवर्ड डेडीले नदिएपछि उनकी श्रीमतीले पेट्रोल भरिएको भाँडो श्रीमानमाथि खन्याइन् र आगो लगाइन् ।
त्यसपछि डेडी पुरनामा नराम्ररी जले । उनलाई केरुआक हेल्थ सेन्टर लगियो तर दुई दिनपछि उनको निधन भयो । प्रहरीले उनकी श्रीमती इल्हाम चहयानीलाई हिरासतमा लिइ अनुसन्धान अघि बढाएको छ ।
(एजेन्सीको सहयोगमा)

Next Post

सुर्खेतमा ‘विप्लव’को बन्द, दुई ट्रकमा आगजनी

५ माघ २०७५, शनिबार १४:४९
सदरलाइनडटकम, सुर्खेत : नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्व नेपाल कम्युनिष्ट पार्टीका कार्यकर्ताले सुर्खेतमा दुईवटा गाडीमा आगजनी गरेका छन् । बन्दको अवज्ञा गरेको भन्दै उनीहरुले शनिवार बिहान ट्रकमा आगजनी गरेका हुन् । उनीहरुले राति १ बजे र ३ बजेको समयमा रत्न राजमार्गको सत्तरीमा ना ६ ख ७३१३ नम्बरको ट्रकमा र कर्णाली राजमार्गको […]