मुगुमा यार्सागुम्बाबाट ४५ लाख राजश्व संकलन

सदरलाइन संवाददाता २ श्रावण २०८०, मंगलवार १४:२८
 

मुगु : मुगुम कार्मारोङ गाउँपालिकाले यो वर्ष यार्सागुम्बाबाट ४५ लाख राजश्व संकलन गरेको छ । कोरोना महामारीले चार वर्षदेखि शून्य रहेको यार्साको राजश्व यो पटक ४५ लाख उठाउन सफल भएको पालिका अध्यक्ष छिरिङक्याप्ने लामाले बताए ।

यार्सागुम्बा टिप्न पाटन जाने जिल्ला बाहिरकालाई २ हजार ५ सय र जिल्लाबासीलाई २ हजार राजश्व असुली गरिएको अध्यक्षको भनाइ छ ।


कोरोना महामारीका कारण चार वर्षसम्म यार्सागुम्बा संकलनमा प्रतिबन्ध लगाएको कार्मारोङ गाउँपालिकाले यो वर्ष स्थानीयलाई संकलन कार्यको अनुमति दिएपछि ४५ लाख राजश्व असुली भएको हो ।

यार्सागुम्बाबाट उठेको राजश्व पालिकाले विकास निर्माणमा खर्च गर्ने गरेको छ । जिल्लाको चार वटा स्थानीय तहमध्ये मुगुम कार्मारोङ गाउँपालिकाको पाटन क्षेत्रमा पाइने बहुमुल्य जडिबुटी यार्सागुम्बा गरिब स्थानीयको मुख्य आयस्रोत मानिएको छ । प्रतिकेजी यार्सागुम्बाको ३१ हजार राजश्व रहेको डिभिजन वन कायर्नलयले जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

आर्थिक वर्ष ०७९/०८० मा बाँकेमा ४२ वन्यजन्तुको उद्धार

२ श्रावण २०८०, मंगलवार १४:२८
नेपालगञ्ज : आर्थिक वर्ष ०७९/०८० मा बाँकेमा विभिन्न प्रजातिका ४२ वटा वन्यजन्तुको उद्धार गरिएको छ । डिभिजन वन कार्यालय बाँकेका सूचना अधिकारी सहायक डिभिजनल वन अधिकृत गणेश खड्काले घाइते, टुहुरा, बाटो बिराइ गाउँ बस्तीमा प्रवेश गरेका तथा सङ्कटमा परेका विभिन्न प्रजातिका ४२ वटा वन्यजन्तुको उद्धार गरिएको जानकारी दिए । खड्काका […]

सम्बन्धित

ताजा अपडेट