लुम्बिनी प्रदेशसभा सदस्यहरुको देउखुरीमा शपथ गराउने तयारी

सदरलाइन संवाददाता २३ मंसिर २०७९, शुक्रबार १२:४५
 

नेपालगञ्ज : लुम्बिनी प्रदेशसभा सदस्यहरुको शपथ गराउन देउखुरीमा तयारी थालिएको छ । गत सोमबार मध्यराति प्रदेश मुख्यमन्त्री र मुख्य सचिवको कार्यालय बुटवलबाट स्थायी राजधानी राप्ती उपत्यका देउखुरीमा सारिएको थियो ।

यही मंसिर ४ मा निर्वाचित भएका प्रदेशसभा सदस्यहरूको शपथ पनि यसै प्रदेशसभा भवनमै गराउने तयारी रहेको मुख्यमन्त्री कुलप्रसाद केसीले बताए ।

मुख्यमन्त्रीको कार्यालय सरेसँगै त्यहाँ सुरक्षाकर्मीको पनि बाक्लो उपस्थिति देखिएको छ । सवारी साधनको आवागमन बाक्लो भएको छ ।


दुई वर्ष दुई महिनाअघि प्रदेशसभाले यस क्षेत्रलाई प्रदेशको राजधानी तोकेको थियो । यसअघि यहाँ ३० वर्षदेखि प्राविधिक शिक्षालय अध्यापन भइरहेकोमा हाल शिक्षालयलाई करिब १४ किलोमिटर दक्षिण राप्ती पारी गढवा गाउँपालिकामा स्थानान्तरण गरिएको छ । शिक्षालय भवनमा मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय व्यवस्थापनको काम भइरहेको प्रदेशका स्वास्थ्य मन्त्री इन्द्रजित थारुले बताए ।

उनका अनुसार प्रदेशका सबै मन्त्रालयलाई पुग्ने गरी पूर्वाधारको व्यवस्थापन भइरहेको छ । यसअघि दुई वटा मन्त्रालय पहिले नै स्थानान्तरण भइसकेका थिए भने बाँकी मन्त्रालयको काम बुटवलबाटै भइरहेको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

बर्दियाको जब्दिघाट पुल मर्मत नगरिँदा स्थानीयलाई समस्या

२३ मंसिर २०७९, शुक्रबार १२:४५
बर्दिया : बाढीले बगाएको ५ वर्ष बित्दा पनि जब्दिघाट पुल मर्मत गरिएको छैन । बर्दियाको गुलरिया नगरपालिका र बारबर्दिया नगरपालिका जोड्ने उक्त पुल बाढीले बगाएपछि आवतजावतका लागि दुई पालिकाका स्थानीयवासीलाई सास्ती भएको छ । बाढीले क्षतिग्रस्त बनाएको पाँच वर्ष बित्दा पनि पुल पुनःनिर्माण नहुँदा वर्षौदेखि सास्ती बेहोर्दै आएको बारबर्दिया नगरपालिका […]