विष सेवनबाट एकको मृत्यु, दुई अचेत

  
  प्रकाशित मितिः शनिबार, जेष्ठ ३, २०७७       | 162 Views   ||

सदरलाइनडटकम,
डोल्पा : डोल्पाको त्रिपुरासुन्दरी नगरपालिका–१ मा पर्ने रल्ली गाउँमा विष सेवनबाट एकजनाको मृत्यु भएको छ भने दुईजना अचेत अवस्थामा छन् । ३२ वर्षीय सुकलाल कुलालको मृत्यु भएको छ भने मृतक सुकलालकी २७ वर्षीया श्रीमती विन्दु कुलाल र २८ वर्षीया श्रीमती रुप्सी कुलाल अचेत अवस्थामा रहेको प्रहरी चौकी त्रिपुराकोटले जनाएको छ ।
शुक्रवार राति ८ बजे खाना खाइसकेपछि लगातार उल्टी गर्न शुरु गरेपछि तीनैजनालाई त्रिपुराकोट बगरमा रहेको स्थानीय मेडिकलमा पुर्याइएको थियो । मेडिकलमा उपचार गर्न नसकिने बताएपछि तीनैजनालाई जिल्ला अस्पताल पुर्याइएको र उपचारका क्रममा सुकलालको मृत्यु भएको डोल्पाका प्रहरी नायब उपरीक्षक नारायण रञ्जितकारले जानकारी दिए ।
अचेत अवस्थामा रहेका दुवैजनालाई आइसियुमा राखेर उपचार गर्नुपर्ने भएकाले शनिवार दिउँसो माउन्टेन एयरको हेलिकप्टरबा सुर्खेत लगिएको रञ्जितकारले बताए । उनीहरुले खाँदै गरेको खाना अनुसन्धानका लागि स्याम्पलका रुपमा लिइएको प्रहरीले जनाएको छ ।

प्रकाशित मितिः शनिबार, जेष्ठ ३, २०७७     2:28:21 PM  |
error: Content is protected !!