यसवर्षको अन्तराल स्पेशीयल अवार्ड उमा र प्रतिभा पुरस्कार दीपकलाई

११ पुष २०७४, मंगलवार १९:००
 

सदरलाइनडटकम 
११ पुस, नेपालगन्ज : ईभेन्ट म्यानेजमेन्ट क्षेत्रमा क्रियाशिल अन्तरालको ११ औँ स्थापना दिवशको अवसरमा विभिन्न क्षेत्रमा योगदान पु¥याएका व्यक्तिहरुलाई सम्मान र पुरस्कार दिने निर्णय गरेको छ ।
अन्तरालका कार्याकारी प्रमुख जयनारायण शाहले दिएको जानकारी अनुसार यस वर्षको अन्तराल स्पेशीयल अवार्डवाट नेपालगन्ज उप–महानरपालिकाका उपमेयर उमा थापामगरलाई सम्मानित गरिने भएको छ भने अन्तराल प्रतिभा पुरस्कार गायक दीपक सल्मानीलाई प्रदान गरिनेछ ।
अन्तराल लामो समयदेखि इभेन्ट म्यानेजमेन्ट डकुमेन्ट्री निर्माण, पुस्तक प्रकाशन,गीत–संगीत र खेलकुदका क्षेत्रमा काम गर्दै आएको संचारकर्मीहरु सम्मेलित संस्था हो । अन्तरालले विश्व किर्तिमानी खेलाडी जुम्ला निवासी हरिबहादुर रोकायाको जीवनीमा निर्माण गरेको डकुमेन्ट्री हरिवहादुर ः अ हिडेन जिनिएस वर्ड रेकर्ड होल्डर ः र प्रकाशन गरेको पुस्तक जनता उठेपछि बाँके र बर्दियाको जनआन्दोलन डायरीले राष्ट्रिय तथा अन्तराष्ट्रिय स्तरमा ख्याति कमाएका छन् ।
समाजमा विशिष्ट योगदान दिने व्यक्तिलाई अन्तरालले आफ्नो स्थापना दिवशमा स्पेशीयल अवार्डवाट सम्मान गर्ने गरेको छ । यस वर्षदेखि विभिन्न क्षेत्रका उत्कृष्ट प्रतिभाहरुलाई पुरस्कृत गर्ने उद्देश्यले अन्तराल प्रतिभा पुरस्कार स्थापना गरिएको अन्तरालका प्रमुख कार्यकारी शाहले वताए । पुरस्कारको राशी पाँच हजार पाँच सय पचपन्न रहने छ । उमा थापामगर लामो समयदेखि पत्रकारिता, विद्यार्थी राजनीति, खेलकुद हुदै हाल नेपालगन्ंज उप महानगरपालिकाको उपमेयर निर्वाचित भएकी छन् भने नेपालगन्ज निवासी दीपक सल्मानी लामो समयदेखि गीत संगीतका क्षेत्रमा क्रियाशील छन् । उनी राजधानी काठमाण्डौ र ल्हासा(तिब्बत) मा पनि गायन क्षेत्रमा सक्रिय थिए ।
अन्तरालले नेपाल फल्याग फेस्टिवल, नेपालगन्ज फोटो फेस्टिवल, नेपाल इण्डिपेन्डेन्ट फिल्म फेस्टिवल, नेपाल वाइल्ड लाइफ एण्ड नेचर फोटो प्रदर्शनी, अन्तराल कप फुटवल आयोजना गर्दै आएको छ भने नेपालगंज गोल्डकप फुटवल लगायत इभेन्टहरुको व्यवस्थापन गर्दै आएको छ । अन्तरालले फोटो बैङ्क स्थापना गरी दुर्लभ तथा ऐतिहासिक फोटोहरु संरक्षण अभियान चलाएको छ ।

Next Post

दोस्रो राष्ट्रिय जुनियर एथलेटिक्स च्याम्पियन सिप बुधबारदेखि बाँकेमा सुरु हुदैछ ।

११ पुष २०७४, मंगलवार १९:००
सदरलाइनडटकम ११ पुस, नेपालगन्ज  : दोस्रो राष्ट्रिय जुनियर एथलेटिक्स च्याम्पियन सिप बुधबारदेखि बाँकेको साबिकको खजुरा गाँउपालिका वडा नं २ मा सुरु हुने भएको छ। देशभरीबाट करीब ९० जना खेलाडिको उपस्थिती रहने सो प्रतियोगिताको सम्पूर्ण तयारी पुर भएको आयोजकले जनाएको छ । यसखेलमा पश्चिमको दार्चुलादेखि पुर्बको ताप्लेजुङ्गसम्मका खेलडीका उपस्थिती रहने मध्यपश्चि […]

सम्बन्धित