बर्दियामा बिद्यार्थीलाई सिकाईमा परिवर्तनबारे परामर्श

सदरलाइन संवाददाता १२ माघ २०८०, शुक्रबार १७:२६
 

नेपालगञ्ज : बर्दियाको गुलरिया नगरपालिका वडा न ११ गौरी शंकर माध्यमिक बिद्यालय डल्लापुरका बिद्यार्थीहरुकालागि एक दिने सिकाईमा परिवर्तन, जिवन उपयोगी सीप तथा करियर बिकास सम्बन्धि उत्पे्ररणात्मक परामर्श कार्यक्रम सम्पन्न गरिएको छ ।

कार्यक्रमको सहजिकरण सिटिएस नेपालका रबि किरण श्रेष्ठले गरेका थिए । उनले सहजीकरण गर्दै सिकाईका परिवर्तन ल्याएर जीवनउपयोगी सिप सिक्ने कुरालाई प्राथमिकतामा राखेर करियर विकासलाई केन्द्रविन्दुमा राख्नु पर्ने कुरा बताए ।

उक्त कार्यक्रममा शसक्त बालिका परियोजनाका परियोजना प्रमुख गोबिन्द प्रसाद लामिछानेले बिद्यार्थीहरुलाई परिक्षामुखि मात्र नभई पढाईलाई जग बलियो बनाउन र प्रतिष्पर्धामा आउनको लागि माध्यम बनाउनु पर्ने कुरामा जोड दिए ।


उनले फाउन्डेशनमा जोड दिने र अतिरिक्त क्रियाकलाप सहित समसामयिक सुचनाहरुको अपडेट समेतको सिकाईलाई प्राथमिकता दिनु पर्ने र सकारात्मक व्यवहार र बालविवाह न्युनिकरण तथा यसबाट पर्ने प्रभावका बारेमा सचेतना जगाउन बालक्लवले भुमिका निर्वाह गर्नु पर्ने बताए ।

सो कार्यक्रम प्लान ईन्टरनेशनल नेपाल र बाँके युनेस्को क्लवको साझेदारीमा सञ्चालन भएको थियो । कार्यक्रममा सहभागि विद्यालयका विद्यार्थीहरुले सिकाईमा परिवर्तन र जीवनउपयोगी सिपका बारेमा विभिन्न प्रकारका जिज्ञासाहरु राखेका थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

नेपालगञ्ज रङ्गशालाका लागि राखेपद्वारा अध्ययन समिति गठन

१२ माघ २०८०, शुक्रबार १७:२६
नेपालगञ्ज : अपनत्व र अधिकार प्रत्यायोजनको अभावमा नेपालगञ्ज रङ्शाला खण्डहर बन्दै गरेको समाचार सञ्चार माध्यमहरुमा आएपछि लुम्बिनी प्रदेशका संरक्षणको अभावमा खण्डहर बन्दै गरेको खेल संरचनाहरुको अध्ययन÷निरीक्षण गर्न तथा वर्गिकरण गर्न राष्ट्रिय खेलकुद परिषदले लुम्बिनी प्रदेशको भौतिक पूर्वाधार अध्ययन र वर्गिकरण समिति गठन गरेको छ । परिषदले राखेप सदस्य दिपेन्द्र विष्टको […]