बासकी पूर्व केन्द्रीय सदस्य रुक्मिणीको पुण्य तीथिमा दुई परिवारलाई राहत

२७ बैशाख २०७७, शनिबार २३:५०
 

सदरलाइनडटकम,
नेपालगञ्ज  : बासकी पूर्ब केन्द्रीय सदस्य रुक्मिणी शाहको १२ औं बार्षिक पूण्यतिथीमा दुई परिवारलाई खाद्यान्न सहयोग गरेकोे छ । नेपालगञ्जमा बैशाख २७ गते सम्पन्न बार्षिक पूण्यतिथीमा सो सहयोग हस्तान्तरण गरिएको हो ।

शाहको सम्झनामा बासले स्थापना गरेको रुक्मिणी स्मृति अक्षय कोषबाट जानकी गाउँपालिका वडानम्वर २ भैयापुर निवासी संगिता फुयाँल र खजुरा गाउँपालिका वडानं ६ उढरापुर निवासी दृष्टिबिहिन जय बहादुर बिश्वकर्मालाई खाद्यान्न सामाग्रि सहयोग गरिएको छ ।

उनीहरुलाई २५ किलो चामल, साढे २ किलो दाल, २ किलो नुन, २ लिटर तेल लगाएत खाद्यान्न सामाग्री बासका अध्यक्ष रमेश सिटौला, निवर्तमान अध्यक्ष मन भण्डारी, कार्यकारी निर्देशक नमस्कार शाहले हस्तान्तरण गरेका थिए ।


कार्यक्रममा बासका कार्यकारी निर्देशक तथा दिवंगत रुक्मिणीका दाजु नमस्कार शाहले दिवंगत शाहको व्यक्तित्व, बासमा शाहको संलग्नता र योगदान बारे चर्चा गरेका थिए भने घटनाका बारे जानकारी दिदै बहिनीको सम्झनामा बिभिन्न सामाजिक कार्यहरु गरिरहेको बताएका थिए ।

बासकी निवर्तमान केन्द्रीय अध्यक्ष मन भण्डारीले सञ्चालन गरेको कार्यक्रमको समापन बासका केन्द्रीय अध्यक्ष रमेश सिटौलाले गरेका थिए । कार्यक्रममा बासकी केन्द्रीय सदस्य मुना बिष्ट, असल शासन कार्यकर्ता शुद्ध चौधरी, असल शासन प्रतिनिधि रुपा चौधरी, बास बाँके शाखाका अध्यक्ष रबिन्द्र बोहराको उपस्थिती रहेको थियो ।

Next Post

राहतको सट्टा काम दिने नेपालगञ्जको निर्णय

२७ बैशाख २०७७, शनिबार २३:५०
सदरलाइनडटकम, नेपालगञ्ज : नेपालगञ्ज उपमहानगरपालिकाले अबदेखि श्रमिक, मजदुर तथा दैनिक ज्यालादारी गर्नेहरुलाई राहतको सट्टा रोजगार दिने भएको छ । नगरका २३ वटै वडामार्फत विपन्न समुदायका लागि काम दिन लागिएको उपप्रमुख उमा थापा मगरले जानकारी दिनुभयो । वडाका योजनाहरु उपभोक्ता समितिमार्फत सञ्चालन गरि स्थानीय बासिन्दालाई रोजगार दिन लागिएको उपमेयर मगरले बताइन् […]