पोखरा विमान दुर्घटना अपडेट : ३५ जनाको शव निकालियो

सदरलाइन संवाददाता १ माघ २०७९, आईतवार १३:२५
 

नेपालगञ्ज : पोखरामा दुर्घटनामा परेको यती एयरलाइन्सबाट ३५ जनाको शव निकालिएको छ । आइतवार काठमाडौंबाट ६८ यात्रु लिएर पोखरा उडेको यती एयरलाइन्सको एएनसी एटीआर–७२ जहाज पोखरामा दुर्घटनामा परेको हो ।

हाल उद्धार कार्य भइरहेको र घटनास्थलबाट ३५ जनाको शव निकालिएको कास्कीका प्रमुख जिल्ला अधिकारी टेकबहादुर केसीले थाहाखबरलाई जानकारी दिए । आइतवार काठमाडौंबाट पोखरा गएको यो विमान अवतरणको क्रममा विमानस्थल नजिकैको सेतीको खोचमा दुर्घटना भएको हो ।


काठमाडौं १०ः२५ मा उडेको यो विमान पोखरामा ११ः१० दुर्घटना भएको हो । विमान दुर्घटना हुनुको कारण अझैसम्म खुल्न सकेको छैन ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

थारु समुदायमा माघी र मधेशी समुदायमा खिचडी पर्व मनाईंदै

१ माघ २०७९, आईतवार १३:२५
नेपालगञ्ज : बाँके बर्दियाका थारू समुदायका मानिसले माघ १ गतेलाई नयाँ वर्षका रूपमा धुमधामका साथ स्नान, दान, एवं खानपिन र रमाइलो गरेर माघीपर्व मनाउँदै छन् । यस्तै मधेशी समुदायमा खिचडी पर्व मनाईंदै छ । सूर्य उत्तरायण प्रवेश गर्ने दिन माघ १ गते थारू समुदायको नयाँ वर्ष अर्थात् माघीपर्व पर्दछ । […]

सम्बन्धित