सडक बालबालिकाको मृगौला बचेको आरोपमा ५ जना पक्राउ

सदरलाइन संवाददाता १ श्रावण २०७९, आईतवार १६:३८
 

काठमाण्डौ : सडक बालबालिकाको मृगौला बेचबिखनमा संलग्न रहेको आरोपमा पाँच जना पक्राउ परेका छन् । नेपाल प्रहरीको मानव बेचविखन अनुसन्धान व्यूरोले काठमाडौंमा पत्रकार सम्मेलन गर्दै सडक बालबालिकालाई प्रलोभनमा पारी मृगौला बेचबिखनमा संलग्न रहेको आरोपमा ५ जनालाई पक्राउ गरेको जानकारी दिएको हो ।

पक्राउ पर्नेमा रामेछापका हिमाल श्रेष्ठ भन्ने धनबहादुर रोका, गुल्मीका विजय कुँवर, दैलेखका भूपेन्द्र शाही, विमलबहादुर शाही र झापाका आशिष तामाङ रहेका छन् ।


भारतमा गएर मृगौला दान गरेवापत जनही ५ लाख नगद र एउटा नयाँ मोबाइल सेट दिने प्रलोभनमा पारी सडक बालबालिकाहरुलाई भारत लैजाने तयारी भइरहेको सुराकी पाएपछि उनीहरुलाई गत असार २८ गते काठमाण्डौको विभिन्न स्थानबाट पक्राउ गरिएको व्यूरोका प्रवक्ता प्रहरी उपरीक्षक दानबहादुर मल्लले बताए ।

पक्राउ परेका उनीहरुलाई मानव बेचबिखन तथा ओसारपसार नियन्त्रण ऐन, २०६४ अनुसार कारबाही प्रक्रिया अघि बढाइएको पनि व्यूरोले जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

नेपालगञ्ज गुलरिया सडकखण्डमा ठूलो दुर्घटना

१ श्रावण २०७९, आईतवार १६:३८
नेपालगञ्ज : नेपालगञ्ज गुलरिया सडकखण्डमा ठूलो दुर्घटना भएको छ । यद्यपी मानवीय क्षति भने नभएको प्रहरीले जनाएको छ । नेपालगञ्जबाट खजुरातर्फ जाँदै गरेको बसले स्कुटी, अटो र पैदलयात्रुलाई ठक्कर दिँदै सडकबाट तल खसेको छ । प्रदेश ३–०१–००६ नम्वरको बसले भे १ ह १०३२ नम्वरको अटो, भे ९ प ५४३१ नम्वरको […]