रमजानुल मुबारक र कोरोनाको कहर !

१७ बैशाख २०७७, बुधबार २२:२२
 

सदरलाइन / जियाउल मुस्तफ कादरी,
नेपालगञ्ज  :  इस्लाम धर्मावलम्वीहरुको महान् पर्व रमजान आज बुधबार ४ चौथोे दिनको व्रतबसी रमजान मनाईदैछ । यो वर्षको रमजान शारीफ समुदायले आफ्नै घर मनाई रहेका छन् । किनभने चीनको वुहान शहरबाट फैलिएको कोबिड–१९ कोरोना भाइरसको महामारीको रुपमा विश्व भरीमा आतंकले मानिसहरु त्रासमा छन् । पुरा विश्व नै लकडाउनको अवस्थामा छ । लकडाउनमा मुस्लिम समुदायले यो वर्ष रमजानको महिनामा आफनो घरमै बसि आफनो परम्परा अनुसार व्रत र इबादत घरमै गरिरहेका छन् ।

मुस्लिम समुदायले हरेक वर्ष मस्जिदमा नमाज पढने गर्थे तर यो वर्षे आफनो घरमै बसेर इबादत गरि रहेका छन् । वर्षभरि पाँच टाईमको नमाज मस्जिदमा पढने गरिन्थ्यो तर, जबदेखि विश्व भरिमा कोरोना भाइरसको संक्रमणको खतराले आतंक नै मच्याएको छ । यसको कहरबाट जोगिन नेपाल सरकारले लागु गरेको लकडाउन समग्र समुदायले पालना गर्दै सामाजिक दुरीको पालना गर्ने जानकारी गराइए पछि यतिबेला हरेक मस्जिदमा ताला समेत लागेको छ र मुस्लिम समुदायले घर मै पाँच टाइमको नमाज पढ्दै कोबिड–१९ का विरुद्ध विजय प्राप्त गर्ने अभियानमा छन् ।

समुदायले घरमै बसेर आफनो देश र दुनिया भरका अमुल्य जीवन रक्षा गर्न सकिन्छ भन्ने मूल्य र मान्यताले मुस्लिम समुदायले समाजिक दुरीको पुर्ण रुपमा आफु माथी पालना गरेर नेपाल सरकारलाई सहयोग पुर्याइरहेका छन् । हरेक वर्ष यो रमजानको महिनामा हरेक मस्जिदमा इशाको नमाजपछि विशेष २० बीस रकात नमाज तराविह पढने गरिन्थ्यो । तर यो वर्ष मुस्लिम समुदायले आफ्नै घरमा इशाको नमाज पछि २० बीस रकात नमाज तरविह पढिरहेका छन् । इस्लामले हरेक बालिक मुसलमानलाई रोजा (व्रत) अनिवार्य गरेको छ । इस्लामले पुरुषमा १२ देखि १५ वर्ष र महिलामा ९ देखि १२ वर्षको उमेरलाई बालिग ठहर्याएको छ ।


हिजरी संवतको १२ महिना मध्ये रमजानुल मुबारक पवित्र र एवादत (उपासना) गर्ने महिना समेत हो । यो महिनामा यदि धनी वर्ग संग ७÷२ साढे सात तोला सुन, ५२÷२ तोला चाँदी र त्यो बराबरमा पैसा छ र त्यो सुन, चाँदी र पैसा माथी एक वर्ष पुगेको छ भने त्यो चल सम्पतीबाट २.५ प्रतिशत गरिब, दीन दुःखीहरुलाई अनिवार्य रुपमा जकात दिने जसलाई इस्लामि टयाक्स पनि भनिन्छ यो महिना अन्यदान दिने पनि चलन रहेको छ ।
यस महिनामा विश्वभरका मुसलमान एक महिनासम्म सुर्योदय हुनुभन्दा अघिदेखि सुर्यास्तसम्म रोजा (व्रत) बस्छन् । रोजासुरु गर्नु अघिदेखि केही आफुलाई इच्छा लागेको खानेकुरा खाइन्छ । त्यसलाई सेहरी भनिन्छ । दिनभरीको रोजा समाप्त गर्ने बेलामा सामूहिक खानेकुरा खाइन्छ, जसलाई इफ्तारी भनिन्छ ।

इफ्तारीमा खजुर, सेवई, फलफुल, मिठाइका साथै मासुजन्य परिकार खाने प्रचलन छ । रोजा अवधीमा जानीजानी खानपिन गरेमा, शक्तिवद्र्धक सुई लिएमा, नशाबाट औषधि प्रवेश गराएमा अर्थात् सलाइन चढाएमा, सहवास गरेमा र वान्ता निलेमा रोजा भंग हुन्छ । रोजामा पानी समेत पिउनु हुँदैन । यदि कुनै बिरामी व्यक्ति छ पटकपटक औषधि सेवन गर्नुपर्ने व्यक्ति, गर्भवती, सुत्केरी भएकालाई पछि सट्टा व्रत बस्ने गरी रोजा छुट हुन्छ ।

रमजान र रोजाबारे पवित्र धर्मग्रन्थ कुरानमा ठाउँ–ठाउँमा व्याख्या गरिएको छ । इस्लामका अन्तिम पैगम्बर हजरत मुहम्मद मुस्तफा सल्लल्लाहु अलैहिवसल्लम भन्नुभएको छ कि –जब रमजान सुरु हुन्छ तब स्वर्गका ढोकाहरु खोलिन्छन् र नर्ककका ढोका बन्द गरिन्छन् । रमजानमा गरिने उपासना र दानबाट अरु महिनामा भन्दा ७० गुणा बढी लाभ मिल्ने धार्मिक विश्वास छ । रमजानुल मुबारकको रोजा व्रत इस्लमिक महिनाको नौवो महिना हो र रमजानुल मुबारक १० सव्वाल सन् २ हिजरीमा फर्ज भएको थियो । यो महिना पछि सव्वालको महिना आउने छ जुन इदुल फित्र पनि भन्ने गरिन्छ । स्टे एट होम स्टे सेफ अर्थात घरमै बसौ र आफु सुरक्षित हुदै समुदायलाई पनि सुरक्षित राखौ । रमजनुल मुबारक ।

Next Post

‘जनताद्वारा जनतालाई सहयोग’ अभियान चलाउदै नेकपा खजुरा

१७ बैशाख २०७७, बुधबार २२:२२
सदरलाइनडटकम, खजुरा (बाँके)  : कोबिड–१९ नोबल कोरोनाको संक्रमणबाट जोगिन आव्हान गरिएको लकडाउनका कारण प्रभाबितलाई सहयोग पुराउन नेकपा खजुरा गाउँकमिटीले अभियान सुरु गरेको छ । नेकपा खजुरा गांउपालिका कमिटीद्वारा ‘जनताद्वारा जनतालाई सहयोग’ भन्ने स्लोगन साथ अघि बढाईएको राहत संकलन अभियानलाई वडा पार्टी कमिटीको प्रत्यक्ष निगरानीमा पार्टी सदस्य , शुभचिन्तक, शुभेच्छुकहरूसंग राहत […]