चट्याङबाट बैतडीमा तीनजना घाइते

१३ बैशाख २०७७, शनिबार १०:१५
 

सदरलाइनडटकम,
बैतडी : चट्याङ लागेर बैतडीमा तीनजना घाइते भएका भएका छन् । डिलाशैनी गाउँपालिका ६ कुय्यादहका १८ वर्षीया हेमन्ती लुहार, १८ वर्षीया सुनिता लुहार र ४५ वर्षीया भुरी लुहार रहेका प्रहरीले जनाएको छ । चट्याङबाट उनीहरुको शरीर जलेको छ । घाइते सबैको गोकुलेश्वर अस्पतालमा उपचार भइरहेको छ ।
घाइतेमध्ये हेमन्तीको अवस्था गम्भीर रहेको छ भने अन्यको अवस्था मध्यम रहेको जनाइएको छ । शुक्रवार राति करीब ९ बजे परेको चट्याङले हेमन्तीको घरसँगै अन्य १२ जनाको घरको मिटरबक्स र विद्युतीय उपकरणमा पनि क्षति पुगेको स्थानीय प्रकाश लुहारले जानकारी दिए ।

Next Post

हातहतियार मुद्दामा फरार अभियुक्त पक्राउ

१३ बैशाख २०७७, शनिबार १०:१५
सदरलाइनडटकम, दाङ : हातहतियार तथा खरखजना सम्बन्धी कसुरमा फरार एक जनालाई सल्यान प्रहरीले पक्राउ गरेको छ । कुमाख गाउँपालिका २ का ४६ वर्षीय भिमबहादुर भन्ने भिमे रावतलाई प्रहरीले पक्राउ गरेको हो । कुमाख गाउँपालिका ४ स्थित भेरी नदीको किनारमा फेला पारी पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय सल्यानले जनाएको छ । […]