कैलाली : कैलालीमा १४ वर्षीया बालिका बलात्कार गरेको अभियोगमा एक युवक पक्राउ परेका छन् । बालिकालाई जबरजस्ती करणी गरेको अभियोगमा चुरे गाउँपालिका–६ बयला बस्ने २६ वर्षीय दोगेन्द्र बिष्ट पक्राउ परेका हुन् ।
बिष्टले ती बालिकालाई आफ्नै खेतबारीमा घाँस काट्ने क्रममा जबरजस्ती करणी गरी फरार भएको भन्ने खबर प्राप्त हुनासाथ ईलाका प्रहरी कार्यालय फल्टुडेबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो ।
विष्टमाथि थप अनुसन्धान भईरहेको प्रहरीले जनाएको छ ।