बाँकेमा शुक्रवार सोह्र जना डिस्चार्ज

सदरलाइन संवाददाता २६ मंसिर २०७७, शुक्रबार १३:३२
 

नेपालगञ्ज : बाँकेमा शुक्रवार १६ जना कोरोनामुक्त भई डिस्चार्ज भएका छन् । बिभिन्न आइसोलेशनमा बसेका ११ पुरुष र ५ महिला कोरोनामुक्त भई डिस्चार्ज भएका हुन् ।

योसंगै बाँकेमा कोरोना संक्रमणबाट निको भई डिस्चार्ज हुनेको संख्या ३ हजार ९ सय १० पुगेको स्वास्थ्य कार्यालय बाँकेले जनाएको छ । आइसोलेशनमा अब बाँकेका १ सय ७० जना रहेका छन् ।


हालसम्म बाँकेमा ४ हजार १ सय २० जनामा संक्रमण देखिएको छ भने कोरोनाका कारण बाँकेमा ४० जनाको मृत्युु भइसकेको छ ।

Next Post

अफगानी सेनाको कारबाहीमा आठ तालिबानी लडाकु मारिए

२६ मंसिर २०७७, शुक्रबार १३:३२
काठमाण्डौ : अफगानिस्तानको उत्तरी प्रान्त फर्याबमा अफगानी सेनाले गरेको हवाई कारबाहीमा परि यहाँका कम्तीमा पनि आठ जना तालिबानी मारिएका छन् । ती तालिबानीहरु लुकेर बसेको सूचनाका आधारमा गरिएको कारबाहीमा अरु चार जना घाइते भएका यहाँको रक्षा मन्त्रालयले जानकारी दिएको छ । यस प्रान्तको साराइयाब क्षेत्रमा तालिबानीहरु लुकेर बसेको सूचनाका आधारमा […]