प्रहरी हिरासतका थुनुवाको ‘आरडिटी’ जाँच सबैको नेगेटिभ

७ बैशाख २०७७, आईतवार १८:२९
 

सदरलाइनडटकम,
नेपालगञ्ज  :  प्रहरी हिरासतमा रहेकालाई अदालतमा पेश गर्दा अनिवार्य कोरोना जाँचको रिर्पोट संलग्न हुनुपर्ने अदालतको आदेश अनुसार बाँकेमा पनि थुनुवाको आरडिटी मार्फत जाँच सुरु गरिएको छ ।

आईतबार जिल्ला प्रहरी कार्यालय बाँकेको हिरासतमा रहेका ९ जना थुनुवाको ‘आरडीटी’ जाँच गरीएको छ । उनीहरु सबैको रिपोर्ट नेगेटिभ देखिएको छ । थुनुवासँगै गएका एक प्रहरीको समेत ‘आरडीटी’ जाँच गरीएकोमा उनको रिपोर्ट समेत नेगेटिभ देखिएको छ ।

जिल्ला प्रहरी कार्यालय बाँकेको प्रहरी हिरासतमा रहेका थुनुवाको थुनछेक बहस अघि ‘आरडीटी’ जाँच गर्न सुरु गरीएको जिल्ला प्रहरी कार्यालय बाँकेका मुद्दा फाँट इन्चार्ज तथा बाँके प्रहरीका सहप्रवत्ता प्रहरी निरीक्षक हृदेश सापकोटाले जानकारी दिए ।

गम्भीर अपराधका २९ जना थुनुवाको थुनछेक बहस अघि ‘आरडीटी’ गर्नु पर्ने भएपनि किटको अभावमा पहिलो पटक नेपालगन्ज उपमहानगरपालिकाको स्वास्थ्य शाखाको पहलमा ९ जनालाई जाँच गरिएको प्रहरी निरिक्षक सापकोटाले बताए ।


बाँके प्रहरीले सामान्य मुद्दाका थुनुवालाई हाजिरी जमानीमा छोडिसकेको छ । अहिले हिरासतमा गम्भीर अपराधका थुनुवामात्रै रहेका छन् । उनले स्वास्थ्य कार्यालय बाँकेसंग आरडिटी किट मागगर्दा क्वारेन्टाईनमा बसेकालाई मात्र भन्ने निर्देशन भएकोले किट उपलब्ध गराउन नसकेको बताए ।

यता स्वास्थ्य कार्यालय बाँकेले भने क्वारेन्टाईनमा राखिएकालाई मात्र जाँच गर्नको लागि प्रदेसबाट किट पठाईएको र त्यो किट पनि अपुग भएकोले प्रहरीलाई दिन नसकिएको जनाएको छ ।

कार्यालयका प्रमुख धिरजंग शाहले क्वारेन्टाईनमा रहेका ६३५ आवश्यक पर्नेमा प्रदेशबाट ६ सय किट मात्र आएकोले दिन नसकिएको स्पष्ट पारे । उनले किट उपलब्धता सहज भएपछि प्रहरीलाई उपलब्ध गराईने बताए ।

Next Post

जमुनाहा नाकाबाट भित्रिएका ट्रक फिर्ता

७ बैशाख २०७७, आईतवार १८:२९
सदरलाइनडटकम, नेपालगञ्ज : नेपाल भारतस्थित बाँकेको जमुनाहा नाकाबाट भित्रिएका मालवाहक ट्रकलाई फिर्ता पठाइएको छ । चालक र सहचालकलाई ज्वरो आएको इन्फ्रारेडर मिटरले देखाएपछि उनीहरुलाई फिर्ता पठाइएको हो । दुबै ट्रकमध्ये एउटामा केरा र एकमा कोइला लोड थियो । नेपाल सरकारले लकडाउनको घोषण गरेपनि अत्यावश्कीय वस्तुको ढुवानी सहज गरेको छ । […]