सशस्त्र प्रहरीले रुपन्देहीबाट बरामद गर्यो साढे १३ क्विन्टल गहुँसहित कपडा

सदरलाइन संवाददाता २१ माघ २०७९, शनिबार १९:०५
 

रुपन्देही :  सशस्त्र प्रहरीले रुपन्देहीमा भन्सार छलेर नेपाल भित्र्उदै गरेको अवस्थामा ठूलो परिमाणमा अबैध गहुँसहित विभिन्न सामाग्री बरामद गरेको छ ।

जिल्लाका विभिन्न सिमा नाकाबाट सशस्त्र प्रहरी बलनं. २७ गण अन्तर्गतका बिओपीको टोलीले भारतबाट भन्सार छलेर ल्याउदै गरिएका २ लाख ७९ हजार ५ सय रुपैयाँ बराबरका अवैध सामाग्री बरामद गरेको सशस्त्र प्रहरी बल नं. २७ गण रुपन्देहीले जनाएको छ ।

सशस्त्र प्रहरी बल नं.२७ गणका अनुसार सशस्त्र प्रहरी बिओपी बोगडीबाट सशस्त्र प्रहरी निरीक्षक अर्जुन कुँवरको कमाण्डमा गएको गस्ती टोलीले मर्चवारी गाउँपालिका –१ हरिणगढबाट अवैध रुपमा भारतबाट ल्याउँदै गरिएको ८९ हजार ७ सय रुपैयाँ बराबरको १ हजार ३ सय ८० किलो गहुँ बरामद गरेको हो ।


त्यस्तै रुपन्देहीकै ओमसतिया गाउँपालिका– ४ बसन्तपुरमा सशस्त्र प्रहरी निरीक्षक मनोज खड्काको कमाण्डमा रहेको गस्ती टोलीले बिहीवार राती साढे ११ बजे अवैध रुपमा नेपालतर्फ ल्याइदै गरिएका ठूलो परिमाणमा लत्ताकपडाका बरामद गरेको छ ।

सशस्त्र प्रहरी बल नं.२७ गणका अनुसार बरामद गरिएको लत्ताकपडा ओसारपसार गर्न प्रयोग गरिएको लु १ ह ३३२३ नम्बर अटोरिक्सा समेत बरामद गरेको छ ।

बरामद गरिएका सबै अवैध सामाग्रीलाई आबश्यक कारबाहीका लागि शुक्रवार नै रुपन्देही भन्सार कार्यालय बुझाइएको सशस्त्र प्रहरी बल नं.२७ गणले जनाएको छ ।

केही दिनअघि मात्रै सशस्त्र प्रहरी बल नं.२७ गण रुपन्देहीको कमाण्ड सम्हालेका सशस्त्र प्रहरी उपरीक्षक दीपक थापाले सीमा नाकाबाट हुने अवैध तस्करीविरुद्ध लाग्न आफ्ना मातहतका जिल्लाका सबै सशस्त्र प्रहरी युनिटलाई निर्देशन समेत दिएका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

जानकीमा आइतवारदेखि दादुरा–रुबेला विरुद्धको खोप अभियान

२१ माघ २०७९, शनिबार १९:०५
नेपालगञ्ज : बाँकेको जानकी गाउँपालिकामा आइतवारदेखि दादुरा–रुबेला विरुद्धको खोप अभियान सुरु भएको छ । ६ महिनादेखि १५ बर्ष मुनिका १४ हजार २६७ जना बालबालिकाहरुलाई दादुरा रुबेला बिरुद्वको खोप दिने लक्ष्य छ । यो अभियान २७ गतेसम्म चल्नेछ । बाँकेका अन्य सबै पालिकामा खोप अभियान करिब पूरा भइसकेको छ । माघ […]