कोरोनाका विरामी युवक निको भएर डिस्चार्ज

७ बैशाख २०७७, आईतवार १७:३६
 

सदरलाइनडटकम,
कैलाली : कैलालीको लम्कीका २१ वर्षीय कोरोना संक्रमित युवक अस्पतालबाट डिस्चार्ज भएका छन् । उनी १६ दिनअघि सेती प्रादेशिक अस्पताल भर्ना भएका थिए । उनको आइतवार अपराह्न डिस्चार्ज गरिएको अस्पतालले जनाएको छ ।
भारतबाट आएका लम्कीचुहा नगरपालिका–९ प्रतापपुरका ती युवकमा चैत २२ गते पिसिआरबाट कोरोना संक्रमणको पुष्टि भएको थियो । दोस्रो र तेस्रो रिपोर्ट नेगेटिभ आएपछि उनलाई डिस्चार्ज गरिएको सेती अस्पतालका आकस्मिक विभाग प्रमुख डाक्टर जगदिश जोशीले बताए ।
उनी भारतको मुम्बईबाट चैत ११ गते नेपाल फर्किएका हुन् । उनलाई लम्की बहुमुखी क्याम्पसको क्वारेन्टाइनमा राखिएको थियो । कोरोना देखिएको १६ दिनमै उनी डिस्चार्ज भएका हुन् । उनी कैलालीको गौरीफन्टा नाका भएर घर फर्किएका थिए । यससँगै नेपालमा कोरोना भाइरस संक्रमण निको भएर डिस्चार्ज हुने उनी चौथो व्यक्ति भएका छन् ।

Next Post

२००७ सालको क्रान्ति कमाण्डर तामाङ्गको मृत्यु

७ बैशाख २०७७, आईतवार १७:३६
सदरलाइनडटकम, नेपालगञ्ज  : २००७ सालको जाहानिया राणा साशनबिरुद्धको क्रान्तिका कमाण्डर एवं पूर्व प्रहरी उपरीक्षक श्यामबहादुर तामाङको ९० वर्षको उमेरमा गएराती नेपालगन्जको सुर्खेतरोड प्रहरी तालिमकेन्द्र अगाडिको आफ्नै निवासमा निधन भएको छ । तामाङको तीन छोरा र दुई छोरी छन् । मृतक तामाङ्गको आइतबार नै बाँकेको सिद्धनिया स्थित आर्यघाटमा अन्तिम संस्कार गरिएको […]

सम्बन्धित