सदरलाइनडटकम,
काठमाण्डौ : भारतको उत्तर प्रदेशको आगरा–लखनऊ सडकखण्डमा बुधवार राति भएको बस दुर्घटनामा १६ जनाको मृत्यु भएको छ । सडक किनारमा रोकिएको ट्रकलाई बसले ठक्कर दिएपछि भएको दुर्घटनामा २९ यात्री घाइते भएका छन् ।
तीनजनाको अवस्था गम्भीर रहेको स्थानीय प्रहरीले बताएको छ । बस दिल्लीबाट बिहारको मोतिहारी गइरहेको थियो ।
