सदरलाइनडटकम,
नेपालगञ्ज : उपभोक्तालाई ठगेको आरोपमा नेपालगञ्जस्थित हिल्स मेडि सप्लायर्सलाई जरिवाना गरिएको छ । संयुक्त बजार अनुगमन टोलीले गरेको अनुगमनका क्रममा कानूनले तोके भन्दा बढी दरमा सामान बेचेर उपभोक्तालाई ठगेको आरोपमा दुई लाख रुपैयाँ जरिवाना गरिएको हो ।
दरभाउ भन्दा बढी मूल्यमा ह्याण्डवास स्यानिटाईजर बेचेको पाईएपछि उपभोक्ता संरक्षण ऐन २०७५ को दफा ३८ को खण्ड (ङ) बमोजिमको कसुर गरेको देखिएकोले सोहि ऐनको दफा ३९ को उपदफा १ को खण्ड (ख) बमोजिम जरिवाना गरिएको निर्मित्त कार्यालय प्रमुख कृष्णप्रसाद पौड्यालले जानकारी दिए ।
बजार अनुगमन टोलीले उक्त सप्लायर्सलाई खरिद मूल्यमा अधिकतम बिस प्रतिशत भन्दा बढी मुनाफा नलिन र लेवलमा पुरा बिवरण नभएको र केरमेट सामान बिक्रि नगर्न निर्देशन दिएको छ ।
