नक्कली बिरामी चढेको एम्बुलेन्स पक्राउ

२ बैशाख २०७७, मंगलवार १६:०२
 

सदरलाइनडटकम,
सल्यान : नक्कली बिरामी बनी एम्बुलेन्सको दुरुपयोग गरेको आरोपले प्रहरीले सल्यानमा चार जनालाई पक्राउ गरेको छ । झुठो कागजात र नक्कली बिरामी बनाई रुकुमबाट दाङको तुलसीपुर जाँदै गरेका उनीहरुलाई बागचौर नगरपालिका ४ बांगेलाखुरीबाट प्रहरीले एम्बुलेन्ससहित समातेको हो ।
मानव परोपकार तथा समाज कल्याण केन्द्र दाङको रा १ च ५१२ नम्बरको एम्बुलेन्समा उनीहरु सवार रहेका इलाका प्रहरी कार्यालय थारमारे सल्यानले जनाएको छ । दाङ लमही नगरपालिका ३ बस्ने २९ वर्षीय मीनराज सुवेदी, २३ वर्षीय दिप्तु चौधरी, १८ वर्षीय रविन चौधरी र एम्बुलेन्स चालक ३० वर्षीय गिरिराज खत्रीलाई पक्राउ गरिएको रहेका थारमारेका प्रहरी प्रमुख लिला भक्त बादेले बताए ।
उनीहरुको साथबाट पश्चिम रुकुम क्षेत्रमा रहेको नेपाल सरकारअन्तर्गत स्वास्थ्य सेवा विभाग, स्वास्थ्य व्यवस्थापन सूचना प्रणालीबाट जारी भएको पे्रषण स्थानान्तारणको पुर्जा, उक्त पुर्जामा बिरामीको नाम प्रकाश बुढा रुकुम पश्चिम मुसिकोट ९ लेखिएको थियो । तर उक्त एम्बुलेन्समा कुनै पनि व्यक्तिको वास्तविक नाम थरसँग मेल नखाएकाले पक्राउ गरी अनुसन्धान गरिएको प्रहरीले बताएको छ ।

Next Post

पतिको कुटाइबाट बाँकेमा एक महिलाको मृत्यु

२ बैशाख २०७७, मंगलवार १६:०२
सदरलाइनडटकम, नेपालगञ्ज : पतिको कुटपीटबाट बाँकेमा एक महिलाको मृत्यु भएको छ । वैजनाथ गाउँपालिका २ नौबस्तास्थित पहाडीपुरका बलसिंह मगरले आइतवार घरायसी विवादमा कुटपीट गर्दा गम्भीर घाइते भएकी पत्नी दिलमायाको मंगलवार मृत्यु भएको हो । घाइते दिलमायालाई घटनाको तीन दिनपछि मंगलवार बिहान उपचारका लागि शिक्षण अस्पताल कोहलपुरमा ल्याएको केहीबेरमै मृत्यु भएको […]