पतिको कुटाइबाट बाँकेमा एक महिलाको मृत्यु

२ बैशाख २०७७, मंगलवार १६:२६
 

सदरलाइनडटकम,
नेपालगञ्ज : पतिको कुटपीटबाट बाँकेमा एक महिलाको मृत्यु भएको छ । वैजनाथ गाउँपालिका २ नौबस्तास्थित पहाडीपुरका बलसिंह मगरले आइतवार घरायसी विवादमा कुटपीट गर्दा गम्भीर घाइते भएकी पत्नी दिलमायाको मंगलवार मृत्यु भएको हो ।
घाइते दिलमायालाई घटनाको तीन दिनपछि मंगलवार बिहान उपचारका लागि शिक्षण अस्पताल कोहलपुरमा ल्याएको केहीबेरमै मृत्यु भएको इलाका प्रहरी कार्यालय कोहलपुरका प्रमुख प्रहरी नायब उपरीक्षक कुलदीप चन्दले जानकारी दिए ।
उनका अनुसार मदिरा सेवनका विषयमा सामान्य विवाद हुँदा रिसको आवेगमा बलसिंहले श्रीमतीलाई धकेल्दा भित्तामा ठोक्किएर चोट लागेको थियो । तीन दिनसम्म पनि उपचार नपाएपछि दिलमायाको मृत्यु भएको बताइएको छ ।

Next Post

फेसवुकमा अफवाह फैलाउने दाङमा एक पक्राउ

२ बैशाख २०७७, मंगलवार १६:२६
सदरलाइनडटकम, दाङ : फेसवुकमा अफवाह फैलाउने दाङ प्रहरीले एक जनालाई पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय दाङका प्रहरी नायब उपरीक्षक सुमित खड्काका अनुसार कोरोना भाइरस (कोभिड–१९) सम्बन्धी फेसवुकमा अफवाह फैलाउने दाङ घोराही उपमहानगरपालिका वडा नं. १५ निवासी २८ बर्षीय दीपक न्यौपानेलाई पक्राउ गरिएको हो । न्यौपानेले मंगलवार विहान दाङमा […]

सम्बन्धित