पाँच वर्षसम्म खजुरामा सडक निर्माण पुरा हुन सकेन

सदरलाइन संवाददाता ५ पुष २०७९, मंगलवार १३:०४
 

नेपालगञ्ज : बाँकेको खजुरा गाउँपालिकाको इलाका प्रहरी कार्यालय धनौलीदेखि १ नम्बर बजारसम्मको १८ सय मिटर सडक निर्माणको काम पाँच वर्षदेखि पूरा हुन सकेको छैन ।

सो सडक निर्माणको काम गर्ने ठेक्का गजुरमुखी निर्माण सेवा इलामले २१ करोड ४९ लाख लागतमा २०७४ साल वैशाखमा नै सम्झौता गरेको पाएको थियो । सो कम्पनीले सम्झौता भएको ३० महिनामा काम सक्ने लिखित प्रतिबद्धता जनाए पनि ६६ महिना बिते पनि अझै सडक अपुरो नै छ । कोरोना महामारीको कारण देखाउँदै पटक–पटक म्याद थपाउने काम भने भइरहेको छ । विभिन्न बहानामा पटक–पटक म्याद थपिए पनि निर्माणको काम अझैसम्म पूरा हुन नसकेको स्थानीय सतीश निरौलाले बताए ।


उनले स्थानीयले सडक निर्माणको माग गर्दै पटक–पटक आन्दोलन गर्दै आएपनि सडक अझै अलपत्र नै परेको बताए । सडक डिभिजन कार्यालय नेपालगञ्जका अनुसार कोरोनाको महामारी र मौसम प्रतिकूलताका कारण तोकिएको समयमै काम नसकिएको जानकारी गराएर निर्माण कम्पनीले म्याद थप गर्दै आएको छ ।

उता निर्माण कम्पनीका सञ्चालक वामदेव रेग्मीले अहिलेसम्म जे भए पनि अब भने काम अन्तिम चरण पुगेको बताए । खजुराको चार लेन सडकखण्डसँगै बर्दियाको गुलरियाको चार लेन खण्ड एकै पटक ठेक्का लिइएको जनाउँदै उनले अब छिट्टै सकिने बताए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

मृतकका परिवारलाई आर्थिक सहयोग

५ पुष २०७९, मंगलवार १३:०४
दैलेख : छेडागाड नगरपालिका–४, खान्तिजेवा भीरमा जिप दुर्घटनामा परी मृत्यु भएकाका परिवारलाई गाउँपालिकाले आर्थिक सहयोग गरेको छ । दुर्घटनामा परी मृत्यु भएका भगवतीमाई गाउँपालिका र छेडागाड नगरपालिकाका १२ जनालाई जनही १५ हजार रुपैयाँका दरले भगवतीमाई गाउँपालिकाले आर्थिक सहयोग उपलब्ध गराएको हो । भगवतीमाई गाउँपालिकाका अध्यक्ष गणेशबहादुर थापाले मृतकका आफन्तलाई किरिया […]