राष्ट्र बैंकले प्रदेशस्तरका कार्यालय संचालन गर्ने

१४ बैशाख २०७६, शनिबार १४:२५
 

सदरलाइनडटकम,
काठमाण्डौ : नेपाल राष्ट्र बैंकले आफ्नो कार्य सञ्चालन संघीयताअनुसार अघि बढाउने भएको छ । राष्ट्र बैंकले संघीयता कार्यान्वयनको लागि सातै प्रदेश कार्यालय सञ्चालन गर्ने जनाएको हो । अन्य ६ वटा प्रदेशका राष्ट्र बैंककको कार्यालय रहे पनि कर्णाली प्रदेशमा शाखा सञ्चालनमा ल्याउने तयारी राष्ट्र बैंकले गरेको छ ।
शनिवार नेपाल राष्ट्र बैंकको ६४ औँ साधारणसभामा गभर्नर चिरञ्जीवी नेपालले कर्णाली प्रदेशको सुर्खेतमा शाखा सञ्चालन गर्नको लागि घर भाडामा लिन टेण्डर प्रकिया अघि बढाइएको बताए । डेपुटी गभर्नर शिवराज श्रेष्ठका अनुसार कर्णाली प्रदेशका अर्को महिनादेखि शाखा सञ्चालन गरिने भएको छ । राष्ट्र बैंकका गभर्नर नेपालका अनुसार चालू आर्थिक वर्षको फागुन मसान्तसम्म बैंक तथा वित्तीय क्षेत्रको निक्षेप ३० खर्ब नौ अर्ब रुपैयाँ रहेको छ भने निक्षेप खाता दुई करोड ५७ लाख पुगेको छ ।
हालसम्म ७२४ स्थानय तहमा वाणिज्य बैंकको शाखा खोलिएको छ । पूर्वगभर्नर सत्यन्द्र प्यारा श्रेष्ठले चालू र शोधानान्तर घाटा निरन्तर घाटामा जानु सकारात्मक पाटो नभएको भन्दै ध्यान केन्द्रित गर्न आग्रह गरे । वार्षिकोत्सवको अवसरमा पूर्वगभर्नर सत्यन्द्रप्यारा श्रेष्ठलाई विशेष सम्मान गरेको छ । कार्यक्रममा २० वर्ष सेवा गर्ने कर्मचारीलाई पनि सम्मान गरिएको थियो ।

Next Post

टिप्परले ठक्कर दिँदा स्कुटी सिक्ने घाईते

१४ बैशाख २०७६, शनिबार १४:२५
सदरलाइनडटकम, नेपालगञ्ज : टिप्परको ठक्करबाट नेपालगञ्जमा स्कुटी सवार एक महिला घाईते भएकी छन् । नेपालगञ्ज उपमहानगरपालिका वडा नम्बर १२ मुक्तिपुरमा शनिवार बिहान करीब ८ बजे माटो पुर्याएर फर्किरहेको लामा कन्सट्रक्शनको ना ७ ख ८४८५ नम्बरको खाली टिप्परले ठक्कर दिँदा भे ८ प ३९८५ नम्बरको स्कुटी चलाईरहेकी नेपालगञ्ज १२ मुक्तिपुरकी राधिका […]

सम्बन्धित