प्रहरी हिरासतभित्रै घाँटी रेटिएको अवस्थामा अभियुक्त फेला

सदरलाइन संवाददाता २२ चैत्र २०७८, मंगलवार १४:५५
 

नेपालगञ्ज : बुटवलस्थित वडा प्रहरी कार्यालयको हिरासतमा रहेका बुटवल–११ का ४० वर्षीय रुद्रबहादुर नेपाली घाँटी रेटिएको अवस्थामा फेला परेका छन् । तामाको तार चोरीको अभियोगमा प्रहरी हिरासतमा रहेका उनी हिरासतभित्रै घाँटी रेटिएको अवस्थामा घाइते फेला परेका हुन् ।

लुम्बिनी प्रादेशिक अस्पतालका सफाइ कर्मचारीसमेत रहेका उनको सोही अस्पतालमा उपचार भइरहेको छ । उनको अवस्था गम्भीर रहेको र शल्यक्रिया गर्नुपर्ने अस्पतालले जनाएको छ ।

अनुसन्धानका लागि हिरासतमा राखिएका उनले आत्मग्लानीका कारण धारिलो हतियारले घाँटी रेटेर आत्महत्या गर्न खोजेको हुनसक्ने इलाका प्रहरी कार्यालय बुटवलका प्रमुख नायब उपरीक्षक ठगबहादुर केसीले जनाए ।


तर, उनी आफैंले केही वस्तु लगे वा हिरासतका उपकरण प्रयोग गरेर घाँटीमा रेट्न खोजेका हुन् भन्नेबारे अनुसन्धान भइरहेको उनले बताए ।

नेपालीका आफन्तले भने हिरासतभित्रै घाँटी रेटिनु गम्भीर भएको भन्दै घटनाको छानबिन हुनुपर्ने माग गरेका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

कांग्रेस बाँकेको कोषाध्यक्षमा बस्नेत मनोनित

२२ चैत्र २०७८, मंगलवार १४:५५
नेपालगञ्ज : नेपाली कांग्रेस बाँकेको कोषाध्यक्षमा यज्ञ बहादुर बस्नेत मनोनित भएका छन् । जिल्ला सदस्य बस्नेतलाई जिल्ला कार्यसमितिको आज बसेको बैठकले कोषाध्यक्षमा मनोनित गरेको हो । बस्नेत १४औं महाधिवेशन अन्तर्गत् सम्पन्न जिल्ला अधिवेशनबाट कार्यसमिति सदस्यमा निर्वाचित भएका थिए । उनी सभापति नारायण प्रसाद गौडेल प्यानलबाट निर्वाचित भएका हुन् । कांग्रेस […]