एक महिने निःशुल्क कुक तालिम सम्पन्न

सदरलाइन संवाददाता ३० जेष्ठ २०८०, मंगलवार १५:०६
 

नेपालगञ्ज : नेपालगञ्जमा सञ्चालित एक महिने निशुःल्क कुक तालिम सम्पन्न भएको छ । वैशाख १० गतेदेखि जेठ ९ गतेसम्म तालिम सञ्चालन भएको हो ।

नेपालगञ्ज उपमहानगरपालिकाको सहयोगमा नेशनल मानस विकास ट्रेनिङ इन्स्टिच्युटले प्रदान गरेको तालिममा २३ जना सहभागी थिए । तालिमका प्रशिक्षार्थीहरुलाई मंगलवार प्रमाणपत्र वितरण गरिएको छ । नेपालगञ्ज उपमहानगरपालिकाका सामाजिक विकास अधिकृत कृष्णप्रसाद जोशी र प्रेस सल्लाहकार नवीन गिरीले प्रमाणपत्र वितरण गरेका थिए ।


प्रमाणपत्र वितरण कार्यक्रममा बोल्दै सामाजिक विकास अधिकृत जोशीले सिकेको सीप व्यवहारमा उतार्न आग्रह गरे । कार्यक्रममा नेशनल मानस विकास ट्रेनिङका निर्देशक राकेश रोशन धमाल, प्रशिक्षार्थी श्यामा यादवले पनि मन्तव्य ब्यक्त गरेका थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

सुशासनका लागि अनुशासन अनिवार्य शर्त हो : राठौर

३० जेष्ठ २०८०, मंगलवार १५:०६
नेपालगञ्ज : नेपाली कांग्रेसका सहमहामन्त्री एवम् सांसद किशोरसिंह राठौरले सुशासनका लागि अनुशासन अनिवार्य शर्त भएको बताएका छन् । रिपोर्टर्स क्लब नेपाल लुम्बिनी प्रदेश कार्यालय बुटवलले मंगलवार नेपालगञ्जमा आयोजना गरेको ‘सुशासनका लागि साक्षात्कारमा कार्यक्रम’मा बोल्दै उनले जनप्रतिनिधि र कर्मचारीहरुमा स्वअनुशासन भए मात्र सरकारी कार्यालयको सेवा प्रवाह चुस्तदुरुस्त हुने बताए । उनले […]