नेपालमा थप तीन जनासहित कोरोना संक्रमितको संख्या १२ पुग्यो

३० चैत्र २०७६, आईतवार १४:५८
 

सदरलाइनडटकम,
काठमाण्डौ : नेपालमा थप तीन जनामा कोरोना सक्रमणको पुष्टि भएको छ । वीरगञ्जमा उपचाररत तीन जनामा कोरोनाको पुष्टि भएको स्वास्थ्य मन्त्रालय स्रोतको भनाइ छ । यस बारेमा मन्त्रालयमा आकस्मिक बैठक बसिरहेको छ ।
लगातार ७ औं दिनसम्म संक्रमण नदेखिएकोमा आइतवार आठौं दिनमा नयाँ तीन व्यक्तिमा संक्रमणको पुष्टि भएको हो । योसँगै नेपालमा संक्रमितको संख्या १२ पुगेको छ । संक्रमितहरु धर्मगुरु रहेको बुझिएको छ । तीनै जना भारतीय नागरिक रहेको बताइएको छ । उनीहरु मध्ये २ जना उत्तर प्रदेशका र एक जना दिल्लीका भएको मन्त्रालय स्रोतले बताएको छ ।
हेटौंडामा परीक्षण गरिएको तीन वटा नमुनामा पोजेटिभ देखिएपछि थप परीक्षणका लागि राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला पठाइएकोमा रिपोर्ट पोजेटिभ आएको हो । हेटौंडा–१० स्थित किटजन्य रोग अनुसन्धान तालिम केन्द्रमा शुक्रवार ३५ जनाको कोरोना परीक्षण गरिएको थियो ।
त्यसमध्ये तीन जनाको नतिजा भने पोजेटिभ हो वा होइन भन्ने छुट्याउन नसकेपछि थप पुष्टिका लागि नमुनालाई काठमाण्डौ टेकुस्थित राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा पठाइएको थियो ।
केन्द्रका अनुसार काठमाण्डौमा परीक्षणपछि पनि उनीहरुलाई कोरोना पोजेटिभ भएको पुष्टि भएको हो । यसअघि संक्रमण देखिएका ९ जनामध्ये १ जना उपचारपछि घर फर्किएका छन् भने ८ जना विभिन्न अस्पतालमा उपचाररत छन् ।

Next Post

मस्जिदमा लुकेकालाई संक्रमण भएपछि अन्यको खोजी गरिँदै

३० चैत्र २०७६, आईतवार १४:५८
सदरलाइनडटकम, काठमाण्डौ : वीरगञ्जको एक मस्जिदमा लुकेका तीन भारतीयलाई कोरोना संक्रमण पुष्टि भएपछि अन्यको खोजी थालिएको छ । वीरगञ्ज महानगरपालिका २, छपकैयास्थित मस्जिदमा शंकास्पदरूपमा लुकेका २१ मध्ये तीनमा कोरोना पुष्टि भएको हो । स्वास्थ्य मन्त्रालयका अनुसार त्यस मस्जिदमा लुकेर शंकास्पदरुपमा बसेका २१ जनाको परीक्षण गर्दा तीनजना भारतीयमा कोरोना पुष्टि भएको […]