चिट चोराउने पृन्सिपल र शिक्षक जनही ६०/६० हजार धरौटिमा छुटे

सदरलाइन संवाददाता २७ चैत्र २०८०, मंगलवार २१:१५
 

नेपालगञ्ज : गत चैत्र १४ गतेदेखि संचालन भएको नियमित तर्फको एसईई परीक्षामा व्हाट्सएप ग्रुप बनाई मोबाईल मार्फत प्रश्नपत्र आउट गराउने र चिट चोराउने कार्यमा संलग्न लोटस इंग्लिश मिडियम हाई स्कुलका पृन्सिपल तपन शर्मा र पार्टटायम शिक्षक मोहमद अल्ताफ खानलाई जनही ६०/६० हजार धरौटिमा रिहा भएको बाँकेका प्रमुख जिल्ला अधिकारी श्रवण कुमार पोखरेलले जानकारी दिए ।

सोही कसुरमा एवान कन्सल्टेन्सीमा समेत छापामारी ३ जनालाई नियन्त्रणमा लिइ अनुसंधान शुरु भएकोमा उनिहरुले पनि मोबाइलमा प्रश्नपत्र आउट गराउने र त्यस्को उत्तर तयार गरि पठाउने धन्दा गरि रहेका कसुरमा कन्सल्टेन्सिबाट ईरफान अलि मिकरानी ,संतोष नेपाली र दिलिप बिकलाई नियन्त्रणमा लिइएकोमा २ जनालाई जनही ३०/३० हजार धौरौटिमा छाडेको छ । यी मध्य एक नावालक भएकोले उनलाई बाल ईजलासमा पठाईएको प्रजिअ पोखरेलले बताए ।


चैत्र २० गते संचालन भएको बिज्ञान तथा प्रबिधि बिषयको ज्ञानोदय बिद्या निकेतन नेपालगञ्ज–२ केन्द्रमा संचालन भैरहेको परिक्षामा आफ्ना विद्यार्थीहरुलाई ग्रुप बनाई मोबाईल मार्फत प्रश्नपत्र आउट गराउने र चिट चोराउने कार्यमा संलग्न भएको र परिक्षाको मर्यादा बिपरितका गतिबिधिमा संलग्न ५ जनालाई नै प्रहरीले नियन्त्रणमा लिइ अनुसन्धान गरेको थियो ।

त्यस मध्ये एक नावालक भएकोले बाल ईजलासमा पेश भएको र बांकी ४ जनालाई चैत्र २७ गते शिक्षा ऐन बमोजिम परिक्षाको मर्यादा बिपरितको कसुर र सजायको माग दाबि सहित प्रशासन समक्ष पेश भएकोमा प्रजिअ पोखरेलको आदेशले पृन्सिपल र शिक्षक दुवैलाई जनही रु ६०/६० हजार र कन्सल्टेन्सिमा फेला परेका २ जनालाई जनही रु ३०/३० हजार धौरौटिमा छाडेको हो ।

यसैबीच सो घटनामा संलग्न सबै ५ जनालाई नै धरौटीमा छाडने निर्णय भएको र थप प्रमाण बुझी फसैला भने पछि नै हुने प्रजिअ पोखरेलले बताए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

तीन सय मजदुरको रोजगारी धरापमा पार्दै योयो प्लाइउडमा जवर्जस्ती ट्रेड युनियन गठन

२७ चैत्र २०८०, मंगलवार २१:१५
नेपालगञ्ज : तीन सय मजदुरको रोजगारी धरापमा पार्ने गरी बाँकेको कोहलपुर नगरपालिका–१४मा सञ्चालित योयो प्लाइउड इण्डष्ट्रिज प्रालिमा मजदुर र उद्योगको सहमतिविनै जवर्जस्ती ट्रेड युनियन गठन गर्न खोजिएको छ । कोहलपुर नगरपालिका–१४ ढोरपुर र ठाडागाउँका स्थानीयलाई प्रतक्ष रोजगारी दिदै आएको विगत ४ वर्षदेखि स्थापित उद्योगमा हाल कार्यरत नरहेका गैर मजदुरलाई संगठित […]