एम्बुलेन्स मोटरसाइकल ठोक्किदा एकको मृत्यु एक घाइते

१८ चैत्र २०७६, मंगलवार १२:५५
 

सदरलाइनडटकम,
कोहलपुर (बाँके) : बाँकेको कोहलपुर नगरपालिका वडानं. ११ न्यूरोडमा मंगलबार बिहान एम्बुलेन्स र मोटरसाईकल एक आपसमा ठोक्कीदा एकको मृत्यु भयो भने एक घाइते भएका छन ।

कोहलपुर मेडिकल कलेजबाट बिरामी लिएर नेपालगञ्ज जादै गरेको भे १ च ८२४ नम्बरको एम्बुलेन्सले से ५ प ४८४ नम्बरको मोटर साईकललाई ठक्कर दिदा शोभा केसी बटालाको मृत्यु भएको हो ।

दुर्घटना भए लगत्तै गम्भीर घाइते केसीलाई उपचारका लागि शिक्षण अस्पताल कोहलपुर पु¥याउदा चिकीत्सकले मृत घोषणा गरेका थिए ।

मृतक बैजनाथ गाँउपालिका स्थित बनकटुवा प्राथमिक स्वास्थ्य केन्द्रमा अनमीको रुपमा काम गर्दै आएको बैजानाथ गाँउपालिकाका स्वास्थ्य शाखा प्रमुख घननाथ योगीले जानकारी दिए ।

मृतक बटाला मोटरसाइकलको पछाडी सवार थिइन । मोटरसाइकल चालक डन्ड बिक्रम बिष्ट भने गम्भीर घाइते भएका छन उनको मेडिकल कलेज शिक्षण अस्पताल कोहलपुरमा उपचार भइरहेको छ । एम्बुलेन्स चालकलाई इलाका प्रहरी कार्यालयले नियन्त्रणमा लिई अनुसंधान सुरु भएको इलाका प्रहरी कार्यालय कोहलपुरका ईन्चार्ज प्रहरी नायव उपरीक्षक कुलदिप चन्दले जानकारी दिए ।

Next Post

नदीमा हराएका युवकको शव भेटियो

१८ चैत्र २०७६, मंगलवार १२:५५
सदरलाइनडटकम, बैतडी : पौडी खेल्ने क्रममा महाकाली नदीमा बगेर बेपत्ता भएका बैतडीका एक युवक ६ दिनपछि मंगलवार मृत अवस्थामा फेला परेका छन् । बिहीवार दशरथचन्द नगरपालिका १० का २२ वर्षीय सौरभ चन्द नन्तडी भन्ने स्थानबाट पौडी खेल्ने क्रममा बेपत्ता भएका थिए । साथीहरुसँग पिकनिक गएका बेला महाकाली नदीमा पौडी खेल्दा […]