हृदयघातका कारण कैदीको मृत्यु

१८ चैत्र २०७६, मंगलवार १२:१२
 

सदरलाइनडटकम,
नेपालगञ्ज : नेपालगञ्ज कारागारमा अपराधिक लाभ कसुरमा कैद भुक्तान गरी रहेका एक कैदीको हृदयघातका कारण मृत्यु भएको छ ।

कारागारका जेलर देबेन्द्रकुमार श्रेष्ठले दिएको जानकारी अनुसार कारागारमा कैद भुक्तान गरि रहेका नेपालगन्ज–८ का ६० वर्षिय असपाक अहमद सिद्दिकी मंगलबार बिहान ७ बजे एक्कासी बेहोस भएपछि उपचारको लागि भेरी अस्पताल पुराए लगत्तै मृत्यु भएको थियो ।


मृतक सिद्दिकीलाई उच्च रक्तचाप र मधुमेह रोगको समस्या रहेको थियो । उनलाई अपराधिक लाभ मुद्दामा ३ वर्ष कैद र ३० हजार जरिवाना तोकिएको थियो ।

१२ दिनपछि कैद मुक्त हुने अवस्थामा रहनु भएको थियो । मृतकको शव पोष्टमार्टम गरी परिवारलाइ बुझाउने तयारी भएको जेलर श्रेष्ठले जानकारी दिए ।

Next Post

एम्बुलेन्स मोटरसाइकल ठोक्किदा एकको मृत्यु एक घाइते

१८ चैत्र २०७६, मंगलवार १२:१२
सदरलाइनडटकम, कोहलपुर (बाँके) : बाँकेको कोहलपुर नगरपालिका वडानं. ११ न्यूरोडमा मंगलबार बिहान एम्बुलेन्स र मोटरसाईकल एक आपसमा ठोक्कीदा एकको मृत्यु भयो भने एक घाइते भएका छन । कोहलपुर मेडिकल कलेजबाट बिरामी लिएर नेपालगञ्ज जादै गरेको भे १ च ८२४ नम्बरको एम्बुलेन्सले से ५ प ४८४ नम्बरको मोटर साईकललाई ठक्कर दिदा […]