आठौ राष्ट्रिय शैक्षिक महोत्सवको उद्घाटन गर्दै उपराष्ट्रपति पुनले भने : मुलुकले अव नयाँ युगमा प्रवेश गर्यो

२८ मंसिर २०७४, बिहीबार १८:५६
 

सदरलाइनडटकम
२८ मंसिर, नेपालगन्ज : उपराष्ट्रपति नन्दबहादुर पुनले स्थानीयतहको निर्वाचनेदेखि प्रदेश र प्रतिनिधिसभा निर्वाचन समेत सौहार्दपूर्ण तरिकाले सम्पन्न गर्दै मुलुक अब नयाँ युगमा प्रवेश गरेको बताएका छन् ।
नेपाल पुस्तक तथा स्टेशनरी व्यवसायी महासंघले नेपालगन्जमा आयोजना गरेको आठौ राष्ट्रिय पुस्तक प्रदर्शनी तथा शैक्षिक महोत्सवको उदघाटन गर्दै उनले सो कुरा बताएका हुन । उपराष्ट्रपति पुनले तीन तहको निर्वाचन सकेर संविधान कार्यान्वयनको अन्तिम चरणमा पुगेसँगै देश नयाँ युगका प्रवेश गरेको बताएका हुन् ।
उनले भने–‘ सबै निर्वाचन सम्पन्न गरेर संविधान कार्यान्वयनको अन्तिम चरणमा आइपुगेका छौं, अब केन्द्रीय र प्रदेश सरकार गठन गर्न बाँकी छ ।’ उनले नयाँ सरकार गठनसँगै देशको अवस्था पनि नयाँ युगमा प्रवेश गर्ने, र सधै राजनीतिक संक्रमणकाल कै अधिनताबाट मुक्ति पाएको बताए । उनले भने–‘अब संक्रमणकालिन युग समाप्त भएको छ, आगामी बाटो भनेको विकास र आर्थिक समृद्धिको हो ।’ राजनीतिक दलहरुले जनताबाट पाएको मतको उच्च कदर गर्दै देशलाई समृद्धिको बाटोमा लैजानु पर्नेमा उपराष्ट्रपति पुनले जोड दिदै आर्थिक, सामाजिक विकासका लागि प्रतिस्पर्धा आवश्यक भएकोले दुई छिमेकी देशहरुसँग सहकार्य गरी प्रतिस्पर्धात्मक तरिकाले अगाडि बढ्नु नै उचित हुने बताए ।
उनले कुनैपनि राष्ट्रको समृद्धिका लागि शिक्षा क्षेत्रको निकै ठूलो भूमिका हुने बताउदै ज्ञानको मुख्य स्रोत नै किताव भएको र सबैले किताब पढ्ने संस्कृतिलाई अंगिकार गर्नुपर्ने उल्लेख गरे । दक्ष शैक्षिक जनशक्तिबाट मात्रै समृद्धिको आशा राख्न सकिने हुँदा शिक्षाको क्षेत्रमा गुणस्तरियता ल्याउनका लागि शैक्षिक महोत्सवहरुलाई सरकारी स्तरबाट समेत प्राथमिकतामा राख्नुपर्ने उपराष्ट्रपति पुनको भनाइ छ । हात हातमा पुस्तक, घर घरमा पुस्तकालय भन्ने सरकारी अभियानलाई यस्ता महोत्सवहरुले मद्दत पु¥याउने पुनले विश्वास व्यक्त गरे ।
हालसम्म नेपालको राष्ट्रिय पुस्तक नीति बन्न नसकेको व्यवसायीहरुबाट गुनासो आएपछि पुनले पुस्तक नीति बनाउने विषयमा सरकारलाई ध्यानाकर्षण गराउने प्रतिबद्धता समेत व्यक्त गरेका छन् । नयाँ सरकार गठन हुनेवित्तिकै आधिकारिक पुस्तक नीति आउनेमा विश्वस्त रहन पुनले आग्रह गरेका छ ।



सात दिनसम्म सञ्चालन हुने महोत्सव कै उद्घाटन सत्रमा शिक्षा क्षेत्रमा योगदान पु¥याउने विभिन्न चार जनालाई रथारोहणसहित सम्मान गरिएको छ । बिहीबार बिहान रथमा चढाएर नेपालगन्ज उपमहानगर परिक्रममा गराई उपराष्ट्रपति पुनबाट सम्मानित गरिएको हो ।
सम्मानित हुनेहरुमा उच्चतहमा नीजि क्षेत्रबाट प्राविधक शिक्षाको सुरुवात गराई शैक्षिक गुणस्तरियतालाई नयाँ आयाम प्रदान गरेको भन्दै काठमाडौं विश्वविद्यालयका पूर्व उपकुलपति प्राध्यापक डा. सुरेशराज शर्मा, चलचित्र क्षेत्र मार्फत शैक्षिक चेतना फैलाएको भन्दै चलभित्र निर्माता यादव खरेल, स्थानीय भाष साहित्यको जगेर्ना गरेकोमा साहित्यकार सनतकुमार रेग्मी र मध्यपश्चिम क्षेत्रमा शैक्षिक जागरण अभियानमा सक्रिय हरिप्रसाद रावतलाई उपराष्ट्रपतिबाट सम्मानित गरिएको हो । यस्तै स्थानीय सञ्जय सिंह, बसन्त लामिछाने र नारायणप्रसाद ज्ञवालीलाई पनि व्यवसाय सँगै सामाजिक अभियानमा समेत सक्रिय भएको भन्दै सम्मानित गरिएको छ ।   

Next Post

उप–महानगरको सुन्दरताको लागि यहाँका बैंकहरुको सहयोग हुने

२८ मंसिर २०७४, बिहीबार १८:५६
सदरलाइनडटकम २९ मंसिर, नेपालगन्ज : नेपालगन्ज उपमहानगरको सरसफाई, ट्राफिक व्यवस्थापन र सुरक्षामा बैकिङ क्षेत्रसंग सहकार्य गरिने भएको छ । नेपालगन्ज उप–महानगरपालिकाको अगुवाईमा भइरहेको वैकिङ क्षेत्रसँगको निरन्तर छलफलबाट नगरको सौन्दर्यकरण सँगै शान्ति सुरक्षामा सहयोगको लागि सहकार्य हुने भएको हो । उपमहानगरका प्रमुख डा धवलशमशेर राणाको अध्यक्षतामा बसेको वैठकमा बैंकर्सले नगरको सरसफाई, […]