कैलाली–३ बाट नागरिक उन्मुक्ति पार्टीले खाता खोल्यो

सदरलाइन संवाददाता ६ मंसिर २०७९, मंगलवार १३:३९
 

धनगढी : कैलाली क्षेत्र नम्बर ३ बाट नागरिक उन्मुक्ति पार्टीले प्रतिनिधिसभा सदस्यमा खाता खोलेको छ ।

उक्त क्षेत्रबाट उक्त पार्टीका गंगाराम चौधरी २३ हजार १२० मतसहित विजयी भएका हुन् । नेकपा माओवादी केन्द्रका कृष्णकुमार चौधरी १७ हजार ७४९ मतसहित निकटतम् प्रतिद्वन्द्वीमा सीमित भएका छन् । उनी सत्ता गठबन्धनका उम्मेदवार हुन् ।


नेकपा एमालेका गौरीशंकर चौधरी भने ९ हजार ८७४ मतसहित तेस्रो स्थानमा सीमित भए भने राष्ट्रिय प्रजातन्त्र पार्टीका बिरेन्द्र बमले ७ हजार ४७ मत प्राप्त गरे । कुल ६३ हजार ४४० मत खसेको उक्त क्षेत्रमा ४ हजार २१ मत बदर भएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

बाँके क्षेत्रनं. २ का एमाले राप्रपा गठबन्धनका डा. धवल विजयी

६ मंसिर २०७९, मंगलवार १३:३९
नेपालगञ्ज :  बाँके क्षेत्र नम्बर २ बाट प्रतिनिधिसभा सदस्यमा राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का डा. धवल शमशेर जबरा विजयी भएका छन् । उनले २९ हजार ५ सय ७७ मत प्राप्त गरी विजयी भएका हुन् । उनका निकटतम प्रतिस्पर्धी जनता समाजवादी पार्टी (जसपा)का मोहम्मद इश्तियाक राईले २३ हजार ५ सय २० मत […]