नाका क्षेत्रमा अलपत्र परेकालाई चाउचाउ र पानी बिरतरण

१० चैत्र २०७६, सोमबार १३:२७
 

सदरलाइनडटकम,
नेपालगञ्ज : नेपाल भारत सीमा क्षेत्रमा अलपत्र परेका नेपाली नागरिकलाई विभिन्न मनकारी मनले अलपत्र परेकै ठाँउमा पुगेर पानी तथा चाउचाउ जस्ता ड्राईफुड बितरण गरेका छन ।

लायन्स क्लव अफ ईनटरनशनल डिस्टिक ३२५ बि–२ का तर्फबाट फूर्व डिस्टिक गभर्नर सेम शाक्य तथा मधुसुदन शर्माको नेतृत्वमा सीमा क्षेत्रमा चाउचाउ, चिउरा तथा पानीबोकेर लायन युथ लिडर सरोबर प्रसाई जमुनाह पुगेका थिए ।

त्यसैगरी ईलाका प्रहरी कार्यालय जमुनाहका ईन्चार्ज प्रहरी नायव निरिक्षक माधव रिजालको पहलमा चाउचाउ र पानी वितरण गरिएको थियो ।


नोबेल कोरोनाको कारण सीमा क्षेत्रमा अलपत्र परेका नेपालीको सहयोगको लागि नेपाल आयल निगम नेपालगञ्ज कार्यालय राँझाका कार्यालय प्रमुख नवविनोद पोखरेलले दश हजार सहयोग गरेका छन् ।

लायन्सकर्मी तथा स्थानीय प्रहरी, सशस्त्र प्रहरीको सक्रियतामा दशगजा र भारतीय प्रहरी चौकी अगाडि रहेका अलपत्र परेका नेपालीलाई प्रत्यकलाई एक बोतल पानी र एक प्याकेट चाउचाउ वितरण गरिएको थियो ।

Next Post

अलपत्रलाई उद्दारगरी महेन्द्र बहुमुखी क्याम्पस पुराईयो

१० चैत्र २०७६, सोमबार १३:२७
सदरलाइनडटकम, नेपालगञ्ज : नेपालगञ्ज नाकामा अलपत्र परेका नेपालीहरुको नेपालगञ्ज उपमहानगरको पहलमा उद्धार गरीेएको छ । सिमा नाका बन्द भएपछि नेपालगञ्ज पुगेका करिब ५ सय बढि नेपाली नागरीकहरुलाई नेपालगन्ज उपमहानगरपालिकाले उद्धार गरी नेपालगन्जस्थित महेन्द्र बहुमुखी क्याम्पस पुर्याईएको छ । केही घण्टा क्याम्पस परिसर मै आराम गरेपछि हरेकलाई उनीहरुको गृह जिल्लासम्म पुर्याउने […]