सदरलाइनडटकम,
नेपालगञ्ज : नेपालगञ्ज उपमहानगरपालिका वडा नम्बर १ धम्बोझीमा बिद्यालयस्तरीय सामुहिक लोक नृत्य प्रतियोगिता आइतवार साँझ शुरु भएको छ । प्रतियोगितामा ९ बिद्यालय सहभागी छन् ।
कार्यक्रममा नेपालगन्जका मेयर डाक्टर धवल शम्शेर राणा, प्रमुख जिल्ला अधिकारि मदन भुजेल, उपमेयर उमा थापा, जिल्ला प्रहरी प्रमुख प्रहरी उपरीक्षक अरुण पौडेल, वडा अध्यक्ष प्रमोद रिजाल, सदस्य डम्बर थापा, मोहन कादु, शिक्षा विकास तथा समन्वय इकाईका प्रमुख गोर्खबहादुर थापा लगायत सहभागी छन् । क्लबका अध्यक्ष देबेन्द्र खड्काले नव बर्ष २०७६ को अवसर पारेर कार्यक्रम गरिएको बताए ।
