कोहलपुरको पिपिरीमा आगलागी

८ चैत्र २०७६, शनिबार १९:४०
 

सदरलाइनडटकम,
कोहलपुर (बाँके) :  बाँकेको कोहलपुर नगरपालिका वडानं. ८ पिपिरीमा आगलागी भएको छ । स्थानीय मानबहादुर पाण्डेको दुई तले घरमा आगोलागी हुँदा पशुपति लम्सालको फेन्सी पसलमा समेत नोक्सानी भएको छ ।

ईलाका प्रहरी कार्यालय कोहलपुरका ईन्चार्ज प्रहरी नायव उपरीक्षक कुलदीप चन्दले दिएको जानकारी अनुसार शनिबार साँझ करिव सवा ७ बजे लागेको आगलागीबाट शुभकामना फेन्सी हाउसमा क्षती पुगेको छ ।


आगलागीबाट एक जना गम्भीर घाइते भएको खुल्न आएको छ । घाइतेलाई उपचारका लागि नेपालगन्ज शिक्षण अस्पताल कोहलपुर पुर्याइएको छ । आगलागीको कारण भने अहिलेसम्म खुल्न सकेको छैन ।

स्थानीय प्रहरी नेपालगञ्जबाट गएको दमकल र स्थानीयको पहलमा आगो करिव २० मिनेटमै नियन्त्रणमा लिन सफल भएको प्रहरी नायव उपरीक्षक चन्दले बताए । उनले क्षतिको विबरण आउन भने बाँकी रहेको बताए ।

Next Post

अत्यावश्यक बाहेकका पसल बन्द गर्ने संघको निर्णय

८ चैत्र २०७६, शनिबार १९:४०
सदरलाइनडटकम, नेपालगञ्ज : नेपालगञ्ज उद्योग वाणिज्य संघले अत्यावश्यकीय सेवाबाहेक अन्य पसल तथा व्यवसाय बन्द गर्न अपील गरेको छ । संघको आईतवार बसेको आकस्मिक बैठकले नेपाल सरकारको निर्देशन अनुसार अत्यावश्यकीय बस्तु तथा सेवाको कामबाहेकका सम्पूर्ण क्षेत्र बन्द गर्ने निर्णय गरेको हो । अध्यक्ष अब्दुल वाहिद मन्सुरी अध्यक्षतामा बसेको बैठकले सरकारले गरेको […]