बाँकेमा पनि मनाईयो भुकम्प सुरक्षा दिवस (फोटो फीचरसहित)

रुद्र सुवेदी २ माघ २०७७, शुक्रबार १३:०५
 


नेपालगञ्ज  : ‘बलियो जग र घर भुकम्पिय सुरक्षाको आधार’ भन्ने मूलनाराका साथ बाँकेमा पनि २३ औं भूकम्प सुरक्षा दिवस–२०७७ मनाइएको छ । दिवसका सन्दर्भ पारेर सशस्त्र प्रहरी बल नं. ४२ रिजर्भ गण हेडक्वाटर शम्शेरगञ्ज बाँकले, भूकम्पको खोज तथा उद्धारमा प्रयोग गरिने औजार तथा सामाग्रीहरुको प्रदर्शन गरेको छ ।

कार्यक्रममा बोल्दै प्रमुख जिल्ला अधिकारी एवम जिल्ला विपद् व्यवस्थापन समितिका अध्यक्ष रामबहादुर कुरुम्बाङ्गले बाँके जिल्ला पनि भूकम्पको दृष्टिले उच्च जोखिममा रहेको र जोखिम न्यूनिकरणका लागि भुकम्प प्रतिरोधात्मक अवधारणा अपनाउन सरोकारवाला निकाय र आम समुदायलाई थप सुसुचित गर्न गराउन आग्रह गरे ।

बाँकेका प्रमुख जिल्ला अधिकारी एवम जिल्ला विपद् व्यवस्थापन समितिका अध्यक्ष कुरुम्बाङ्गको अध्यक्षता सम्पन्न दिवसमा घटनाको कृतिम अभ्यास गरिएको थियो । यसका साथै नेपाल रेडक्रस सोसाइटी बांकेले कृत्रिम घटना अभ्यास गरि घाइतेहरुको प्राथमिक उपचार गरेको थियो ।


कार्यक्रममा सुरक्षा निकायका प्रमुखहरु, सबै क्षेत्रगत अगुवाहरु, विपद्संग सम्बन्धित सरकारी तथा गैरसरकारी कार्यालयका प्रमुख एबम प्रतिनिधि, संचारकर्मीहरुको उपिस्थिति रहेको थियो भने कार्यक्रमको सहजिकरण जिल्ला आपतकालिन कार्यसंचालन केन्द्रका सूचना व्यवस्थापन अधिकृत गौरीलाल बुढाथोकीले गरेका थिए ।

Next Post

राष्ट्रिय अनुसन्धान बाँकेका एक कर्मचारीको हत्या

२ माघ २०७७, शुक्रबार १३:०५
नेपालगञ्ज : राष्ट्रिय अनुसन्धान बिभाग बाँकेका एक जना कर्मचारी मृत अवस्थामा फेला परेका छन् । राष्ट्रिय अनुसन्धान बिभाग बाँकेमा कार्यरत सहायक सूचक प्रबिण थापामगरको शुक्रवार दिउँसो नेपालगञ्जको कारकाँदोको पूर्व तिरको खेतमा शव फेला परेको जिल्ला प्रहरी बाँकेले जनाएको छ । प्रहरीका अनुसार मगरको टाउकोमा धारिलो हतियारको चोट रहेको छ । […]