पानीमा डुबेर कपिलवस्तुमा बालिकाको मृत्यु

८ चैत्र २०७६, शनिबार १४:०६
 

सदरलाइनडटकम,
कपिलवस्तु : पानीमा डुबेर कपिलवस्तुमा एक बालिकाको मृत्यु भएको छ । कपिलवस्तुको महाराजगञ्ज नगरपालिका वडा नं ९ सेमरहनाका रामदिनेश तेलीका १४ वर्षीया छोरी अन्जुलाको गाउँ नजिकै रहेको खाडलमा शुक्रवार राति डुबेर मृत्यु भएको हो ।
शौच गर्न घर बाहिर निस्केकी मनसिक अवस्था ठिक नभएकी अन्जुलाको गाउँ नजिकैको खाडलमा डुबेर मृत्यु भएको प्रहरी चौकी कुशहवा बढनीका प्रहरी सहायक निरीक्षक विनय श्रीवस्तावले जानकारी दिए ।

Next Post

रुपन्देही, बाँके र दाङमा आइसोलेशन अस्पताल बन्ने

८ चैत्र २०७६, शनिबार १४:०६
सदरलाइनडटकम, बुटवल : कोरोना भाइरस नियन्त्रणका लागि प्रदेश नम्बर पाँचको सरकारले रुपन्देही, बाँके र दाङमा आइसोलेशन अस्पताल बनाउने निर्णय गरेको छ । कोभिड १९ को पूर्व तयारी , प्रतिकार्य र नियन्त्रणका लागि बाँकेमा २ रुपन्देहीमा ३ र दाङमा एउटा अस्पताल बनाउने निर्णय प्रदेश सरकारले गरेको हो । अस्पताल बनाउनका लागि […]

सम्बन्धित