नेपालगञ्जका श्रमिकलाई मास्क वितरण

७ चैत्र २०७६, शुक्रबार १८:४६
 

सदरलाइनडटकम,
नेपालगञ्ज : कोरोना भाइरसको जोखिमबाट बच्न ग्रीन एण्ड क्लिन नेपालगञ्जले शुक्रवार श्रमिकहरुलाई निःशुल्क मास्क बितरण गरेको छ । ग्रीन एण्ड क्लिन नेपालगञ्जले बिहान नेपालागञ्जको त्रिभुवन चोकमा जम्मा हुने श्रमिकहरुलाई निःशुल्क मास्क बितरण गरेको हो ।
अभियान्ताहरुले बुधबारदेखि नेपालगञ्जका रिक्सा, टाँगा तथा सार्वजनिक सवारी साधनका चालक सह–चालकका लागि निःशुल्क मास्क बितरण गर्न शुरु गरेका छन् । अभियानका अभियान्ता डा.बिनोद कर्णले त्रिभुवन चोकमा जम्मा हुने श्रमिकहरु पनि संक्रमणबाट सुरक्षित हुनुपर्ने भएकाले मास्क बितरण गरिएको बताए ।
रिक्सा, टाँगा तथा सार्वजनिक सवारी साधनका चालक सह–चालकहरु धेरै जनासंग सम्पर्कमा आउने कारण उनीहरुलाई संक्रमण हुन नदिनका लागि अभियानका रुपमा शुरु गरिएको डा. कर्णले जानकारी दिए । त्रिभुवन चोकमा कामको खोजीमा भारत र बाँकेकै बिभिन्न क्षेत्रबाट मजदुरी गर्न मानिसहरु एकाबिहानै बाक्लो संख्यामा जम्मा हुने गरेका छन् ।
जसले गर्दा सोे ठाउँमा जोखिमको सम्भावना बढी रहन्छ । पटकपटक धुन मिल्ने तीन पत्र भएको कपडाको मास्क तयार गरी एक हजार चालक सह–चालकलाई वितरण गरिसकिएको अभियान्ता बिश्वजीत तिवारीले बताए ।

Next Post

कोरोनाबिरुद्ध सचेत हुन प्रेस संगठन बाँकेको अपिल

७ चैत्र २०७६, शुक्रबार १८:४६
सदरलाइनडटकम,   नेपालगञ्ज :  प्रेस संगठन बाँकेको प्रथम पुर्णकालीन बैठक शुक्रबार नेपालगञ्जमा सम्पन्न भएको छ । सो बैठकले कोरोना भाइरस संक्रमण हुन नदिन सचेत र सजग भइ काम गर्न सम्पूर्ण संचारकर्मीमा अपील गरेको छ । बैठकले पत्रकार खगेन्द्र दाहाल र रामु ओलीलाई जिल्ला कार्यसमिति सदस्यमा मनोनित समेत गरेको जनाईएको छ […]