नेपालगञ्ज : बाँकेमा शुक्रवार १३ सहित १५ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । पछिल्लो २४ घण्टामा अस्पतालको प्रयोगशालामा गरिएका ५ सय नमुनाको परीक्षणमध्ये १५ जनामा कोरोना पुष्टि भएको हो ।
अस्पतालका अनुसार बाँकेका १३, रुपन्देहीका १ र रुकुमका १ गरी १५ जनामा कोरोना संक्रमण देखिएको हो ।