तीनदिन अघिदेखि बेपत्ता स्कुले बालकको शव भेटियो

७ चैत्र २०७६, शुक्रबार १२:२३
 

सदरलाइनडटकम,
राप्तीसोनारी (बाँके)  : बाँकेको राप्ती सोनारी गाँउपालीका वडा नं. ५ चिलहिरीया विनौनाका ८ बर्षिय स्कुले बालकको शब फेला परेको छ ।

गत चैत ५ गते विद्यालयको पोसाकमै साईकल सहति हराएका अरबिन चौधरीको शव मृतअवस्थामा घर नजिकैको नालाको डिलमा फेलापरेको स्थानीय सञ्चारकर्मी समेत रहेका हेमन्त चौधरीले जानकारी दिए ।

मृतक अरबिनको कम्मरभन्दा माथिको कपडा नभएको, कानबाट रगत बगेको र घाँटीमा नीलडाम भएको अवस्थामा शुक्रबार विहान १०ः१५ बजे शब फेला परेको जनाईएको छ ।


तीन दिन अघि हराएका उनको खोजि कार्य भैरहेको थियो । मृतक भेटिएका बालक नवज्योती बोर्डिङ स्कुल चिलहिरीयामा अध्यन गरिरहेका थिए भने उनी घरको एक्लो सन्तान थिए ।

घटनाको अनुसन्धानका लागि अहिले घटनास्थलमा ईलाका प्रहरी कार्यालयबाट प्रहरी परिचालन गरिएको ईलाका प्रहरी कार्यालय कोहलपुरका ईन्चार्ज प्रहरी नायव उपरिक्षक कुलदिप चन्दले बताए ।

Next Post

देशभरका अदालत दुई साता बन्द

७ चैत्र २०७६, शुक्रबार १२:२३
सदरलाइनडटकम, काठमाण्डौ : विश्वभर फैलिरहेको कोरोना भाइरसको संक्रमण फैलिनसक्ने भन्दै दुईसाताका लागि देशभरका सबै अदालत बन्द गरिने भएको छ । शुक्रवार सर्वाेच्च अदालतमा प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराको अध्यक्षतामा बसेको पूर्ण इजलासको बैठकले आइतवारदेखि लागू हुनेगरी दुई सातासम्म देशभरका अदालतहरू बन्द गर्ने निर्णय गरेको हो । नेपाल बार एशोसिएशनले यसअघि नै […]

सम्बन्धित